सर्लाहीमा इँटा व्यवसायी प्रसाईको हत्या, घर नजिकै गाडिएको अवस्थामा लास बरामद

२०८१ पौष २० शनिबार
बेलुकी ६:३७ बजे
राधेश्याम कुशवाहा

न्यूज ब्यूरो, सर्लाही । सर्लाहीको हरिवन नगरपालिका घर भएका इँटा व्यवसायीको हत्या गरी जमिनमुनी गाडिएको अवस्थामा शव सर्लाही प्रहरीले बरामद गरेको छ ।

हरिवन नगरपालिका वडा नम्वर १० इनारटोल घर भएका ३९ बर्षिय हरिप्रसाद प्रसाई पुस १५ गते देखि हराईरहेको थिए । प्रहरीले निकै खोजी कार्य गर्दै जाँदा शनिवार विहान ११ बजेको समयमा जमिनमुनी गाडिएको अवस्थामा उनको शव बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो ।

प्रहरीलाई प्रसाई परिवारले दिएको जानकारी अनुसार पुस १५ गते बिहान बरहथवा नगरपालिका वडा नम्वर ९, मूर्तियाबाट इँटाको पैसा लिएर आउँछु भनेर घरबाट निस्किएका थिए । तर घर नफर्किएर नआएपछि सोही दिनदेखि परिवार, गाउँले, आफन्त र प्रहरी निरन्तर रुपमा प्रसाईको खोजी भईरहेको थियो ।

सोही क्रममा केही शंकाष्पद सामानहरु बरामद भएको सोहीको आधारमा खोजी कार्य गर्नेक्रममा आज बिहान ११ बजेतिर हरिवन नगरपालिका वडा नम्वर १०, स्थित उखुबारीमा हत्या गरेर जमिन मुनी गाडेको अवस्थामा प्रसाईको शव बरामद गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रमुख एसपी रबीन्द्रबहादुर सिंहले जानकारी दिए ।

घटनास्थलमा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंह, जिल्ला सरकारी वकील कार्यालयका सहायक जिल्ला न्यायाधीवक्ता, प्रादेशिक अस्पताल मलंगवाका चिकित्सकसहितको टोलीले घटनास्थलको निरीक्षण गरेको उनले बताए ।

प्रहरीले प्रसाईको हत्यामा संलग्न हुनसक्ने आशंकामा एक स्थानीय युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । शान्ति सुरक्षामा खलल पुग्ने भन्दै प्रहरीले ती युवकको नाम गोप्य राखेको छ ।

बरामद भएको प्रसाईको शव प्रादेशिक अस्पताल मलङ्गवामा पोष्टमार्टमपछि परिवारले बुझेर अन्तिम संस्कारको लागि लगिसकेको प्रहरीले जनाए ।
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 93%
  • 3%

सशस्त्र प्रहरीका एसपी गैरेको ज्यादतीः व्यापारीको वैध मदिरा नियन्त्रणमा लिएर भन्सार बुझाइयो

  • २०८१ पौष २० शनिबार

न्यूज ब्यूरो, सिरहा । सिरहामा सशस्त्र प्रहरी बलका एसपी शिव गैरेमाथि स्थानीय व्यापारी बालाराम यादवले ज्यादतीको गम्भीर आरोप लगाएका छन्। यादवका अनुसार, दशैंको अवसर लक्षित गरी सिरहा नगरपालिका-१७ माड़रस्थित आफ्नै

पूरा पढ्नुहोस्

Bureau Menus