सर्लाहीमा इँटा व्यवसायी प्रसाईको हत्या, घर नजिकै गाडिएको अवस्थामा लास बरामद
घटनास्थलमा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंह, जिल्ला सरकारी वकील कार्यालयका सहायक जिल्ला न्यायाधीवक्ता, प्रादेशिक अस्पताल मलंगवाका चिकित्सकसहितको टोलीले घटनास्थलको निरीक्षण गरेको उनले बताए ।

२०८१ पुस २० शनिबार, बेलुकी ६:३७ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, सर्लाही । सर्लाहीको हरिवन नगरपालिका घर भएका इँटा व्यवसायीको हत्या गरी जमिनमुनी गाडिएको अवस्थामा शव सर्लाही प्रहरीले बरामद गरेको छ ।
हरिवन नगरपालिका वडा नम्वर १० इनारटोल घर भएका ३९ बर्षिय हरिप्रसाद प्रसाई पुस १५ गते देखि हराईरहेको थिए । प्रहरीले निकै खोजी कार्य गर्दै जाँदा शनिवार विहान ११ बजेको समयमा जमिनमुनी गाडिएको अवस्थामा उनको शव बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो ।
प्रहरीलाई प्रसाई परिवारले दिएको जानकारी अनुसार पुस १५ गते बिहान बरहथवा नगरपालिका वडा नम्वर ९, मूर्तियाबाट इँटाको पैसा लिएर आउँछु भनेर घरबाट निस्किएका थिए । तर घर नफर्किएर नआएपछि सोही दिनदेखि परिवार, गाउँले, आफन्त र प्रहरी निरन्तर रुपमा प्रसाईको खोजी भईरहेको थियो ।
सोही क्रममा केही शंकाष्पद सामानहरु बरामद भएको सोहीको आधारमा खोजी कार्य गर्नेक्रममा आज बिहान ११ बजेतिर हरिवन नगरपालिका वडा नम्वर १०, स्थित उखुबारीमा हत्या गरेर जमिन मुनी गाडेको अवस्थामा प्रसाईको शव बरामद गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रमुख एसपी रबीन्द्रबहादुर सिंहले जानकारी दिए ।
घटनास्थलमा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंह, जिल्ला सरकारी वकील कार्यालयका सहायक जिल्ला न्यायाधीवक्ता, प्रादेशिक अस्पताल मलंगवाका चिकित्सकसहितको टोलीले घटनास्थलको निरीक्षण गरेको उनले बताए ।
प्रहरीले प्रसाईको हत्यामा संलग्न हुनसक्ने आशंकामा एक स्थानीय युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । शान्ति सुरक्षामा खलल पुग्ने भन्दै प्रहरीले ती युवकको नाम गोप्य राखेको छ ।
बरामद भएको प्रसाईको शव प्रादेशिक अस्पताल मलङ्गवामा पोष्टमार्टमपछि परिवारले बुझेर अन्तिम संस्कारको लागि लगिसकेको प्रहरीले जनाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…