आजपा नेता विजय यादव भारतीय नेताहरुसँगको भेटघाटमा
केही दिन अगाडि मात्रै स्थाई कमिटी सदस्य विजय यादव निर्विजको प्रमुख आतिथ्यमा भारतको मुम्बईमा आम नेपाली एकता समाजको बिशेष बैठक समाजसेवी शेख इरसाद जीको अध्यक्षतामा सम्पन्न गरेको थिए। नेपालका बिभिन्न ठाऊबाट मुंबई , नयाँ दिल्ली, लगायतका सहरहरूमा काम गर्ने नेपालीहरुको सम्मान एवं सुरक्षाको लागी आजपा अध्यक्ष प्रभु साह प्रमुखको उपस्थितिमा चाडै बृहत् भेलाले गर्ने स्थाई कमिटी सदस्य पूर्व मन्त्री प्रभु साहको स्वकिय सचिव समेत रहेका विजय यादव निर्विजले बताए ।

२०८१ पुस १६ मंगलबार, बेलुकी ७:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । भारत भ्रमणमा रहेका पूर्व मन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपाका) स्थाई कमिटी सदस्य विजय यादव निर्विज
भारत प्रदेश राज्य गुजरातको ग्रामीण विकास, श्रम र रोजगार कैबिनेट मंत्री मा। बलवंतसिंह राजपूत बीच शिष्टाचार भेटघाट भएको छ।
गुजरातको राजधानी गुजरातस्थित मन्त्रीको कार्यालय भवनमा भएको भेटमा दुई देशबीचको धार्मिक, सांस्कृतिक, पर्यटन, आर्थिक विकास सम्बन्धलाई प्रगाढ़ बनाउनुको साथै गुजरातमा रहेका नेपाली श्रमिकको सम्मान र सुरक्षाको विषयमा सहयोगलगायतका विषयमा कुराकानी भएको थियो।
भेटघाटमा सहभागी आम उद्योग वाणिज्य संघका अध्यक्ष साजन जयसवालले बताए। भेटघाटमा ग्रामीण विकास, श्रम र रोजगार कैबिनेट मंत्री बलवंतसिंह राजपूतले नेपालका पूर्व मंत्री प्रभु साहको नेतृत्वको आम जनता पार्टीले अपनाएको बिचारधाराको सराहना गर्दै निकट भविष्यमा नेपाल भ्रमण गर्ने प्रतिवद्धता गरे ।
केही दिन अगाडि मात्रै स्थाई कमिटी सदस्य विजय यादव निर्विजको प्रमुख आतिथ्यमा भारतको मुम्बईमा आम नेपाली एकता समाजको बिशेष बैठक समाजसेवी शेख इरसाद जीको अध्यक्षतामा सम्पन्न गरेको थिए। नेपालका बिभिन्न ठाऊबाट मुंबई , नयाँ दिल्ली, लगायतका सहरहरूमा काम गर्ने नेपालीहरुको सम्मान एवं सुरक्षाको लागी आजपा अध्यक्ष प्रभु साह प्रमुखको उपस्थितिमा चाडै बृहत् भेलाले गर्ने स्थाई कमिटी सदस्य पूर्व मन्त्री प्रभु साहको स्वकिय सचिव समेत रहेका विजय यादव निर्विजले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…