एनपिएलका बिजेता टीमलाई महोत्तरीको ठाउँ ठाउँमा भव्य स्वागत, ८ वटै जिल्ला पुग्ने

२०८१ पौष १३ शनिबार
बेलुकी ५:२० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जलेश्वर । नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करण विजेता जनकपुर बोल्ट्सका खेलाडीहरूलाई महोत्तरीको विभिन्न स्थानमा भव्य स्वागत गरिएको छ । 

मधेस प्रदेशका सबै जिल्लामा विजयोत्सव मनाउने क्रममा शनिबार महोत्तरी पुगेको टोलीलाई मटिहानी तथा जलेश्वरमा भव्य स्वागत गरिएको हो ।

मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल, जनप्रतिनिधि र नगरबासीले विजेता टोलीको स्वागत गरेका थिए । विजेता टिमका खेलाडीलाई फूलका माला तथा दोसल्ला ओढाएर नगरप्रमुख मण्डलले स्वागत गरे । खेलाडीलाई ट्रफीसहित मटिहानी नगर परिक्रमा गराइएको थियो ।

खेलाडीको स्वागतमा मुलुककै जेठो विद्यालय राजकीय संस्कृत माध्यमिक विद्यालय (गुरुकूल) मटिहानीका वटुकले मन्त्रोचार सहित स्वागत गरेका थिए । नगर परिक्रमाका क्रममा गुरुकूल परिसर पुगेका जनकपुर बोल्टसका खेलाडीलाई वटुकले वैदिक मन्त्रले स्वस्तीवाचन गरेका थिए ।

मटिहानीको स्वागत ग्रहणपछि जलेश्वर पुगेको टोलीलाई जलेश्वरका नगरप्रमुख सुरेश साह सोनारले स्वागत गरे । नगरबासीले जनकपुर बोल्ट्सका खेलाडीलाई काँधमा बोकेर खुसी व्यक्त गरेका थिए ।

त्यस अवसरमा नगरप्रमुख सोनारले खेलमार्फत मुलुकको प्रतिष्ठा अभिवृद्धि गर्ने खेलाडीलाई नगरमा स्वागत गर्न पाउँदा निकै खुसी लागेको बताए । विजयी टोली जलेश्वरबाट एकडारा गाउँपालिका, मनराशिशवा नगरपालिका, सम्सी र सोनमा गाउँपालिकाका विभिन्न बस्तीहरुमा विजयोत्सव मनाउँदै सर्लाहीतर्फ प्रस्थान गरेको छ ।

जनकपुर बोल्टस्ले एनपिएल जितेको खुशियालीमा मधेस प्रदेशका आठ वटै जिल्लामा विजयोत्सव मनाउँदै छ । शुक्रबार धनुषाको जनकपुरधामबाट सुरु भएको ‘ट्रफी परेड’ आज महोत्तरी, सर्लाही र रौतहटमा आयोजना गरिएको हो । टोलीले आइतबार बारा र पर्सा, सोमबार सिराहा र सप्तरी पुग्ने तालिका छ ।

  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

६ बुँदे माग राखी सिरहाको औरही गाउँपालिकामा जनमतको ज्ञापन

  • २०८१ पौष १३ शनिबार

न्यूज ब्यूरो, सिरहा । सिरहाको औरही गाउँपालिकामा बेतिथि बढदै गएको भन्दै जनमत पार्टीका कार्यकर्ताहरुले ६ बुँदे मागसहित ज्ञापन पत्र बुझाएको छ ।  बुधबार गाउँपालिकाको कार्यालय पुगेर जनमतका नेता कार्यकर्ताहरुले विभिन्न मागहरु

पूरा पढ्नुहोस्

Bureau Menus