सिरहाः कल्याणपुर नपामा सडक ढलानमा लापरवाही, स्थानीय आक्रोशित
बिनय यादव/न्यूज ब्यूरो, सिरहा, १३ असार । सिरहाको कल्याणपुर नगरपालिकामा निर्माणाधीन सडक निर्माणमा मापदण्ड विपरीत काम भइरहेको भन्दै स्थानीयहरु आक्रोशित बनेका छन् । सिरहाको कल्याणपुर नगरपालिका वडा नं. ९ डुमरीमा २५ लाखको लागतमा निर्माण भइरहेको सडक ढलानमा स्थानीय जनप्रतिनिधि र उपभोक्ता समितिले लापरवाही ग

२०७५ असार १३ बुधबार, बिहान १०:४० बजे१ मिनेट पढाइ

बिनय यादव/न्यूज ब्यूरो, सिरहा, १३ असार । सिरहाको कल्याणपुर नगरपालिकामा निर्माणाधीन सडक निर्माणमा मापदण्ड विपरीत काम भइरहेको भन्दै स्थानीयहरु आक्रोशित बनेका छन् । सिरहाको कल्याणपुर नगरपालिका वडा नं. ९ डुमरीमा २५ लाखको लागतमा निर्माण भइरहेको सडक ढलानमा स्थानीय जनप्रतिनिधि र उपभोक्ता समितिले लापरवाही गरेको भन्दै स्थानीयहरुले आपत्ति जनाएका हुन् ।

स्थानीय युवा नेता बिनोद यादवले जनप्रतिनिधिको संलग्नतामा नै सडक ढलानमा कमसल काम र मापदण्ड बिपरीत काम भइरहेको आरोप लगाए । पटक—पटक सच्याउन आग्रह गरेपनि आफुहरुलाई कुनै वास्ता नगरेको र विकास निर्माणको काममा आफुहरुलाई कुनै सोधखोज नगरी बेवास्ता गरेर मनोमानी तवरले काम गरिरहेको उनले बताए ।

गुणस्तरमा नभएर सम्झौता अनुसार सडक ढलानको उचाई ८ ईन्च हुनुपर्नेमा कतैकतै मात्र ६.५ ईन्चसम्मको समेत गुनस्तरहीन ढलान गरिएको पाइएको छ । सडकको निमार्ण कार्य नियमसंगत अनुसार नभएको भन्दै स्थानियहरुको बिरोधको बाबजुत पनि ठेकदार तथा जनप्रतिनिधिको मिलेमत्तोमा निमार्ण कार्य हुँदै आएको छ ।

स्थानीय राम बाबू यादव, बिन्दी यादव, महादेव यादव, जितनारायण पासवान, रबिन्द्र ठाकुर, मोहन यादव, राजकुमार मण्डल लगायतकाले आफूहरुले सम्झौता अनुसार गुणस्तरमा कुनै कमी नगर्नका लागि पटक—पटक अनुरोध गरेको जनाउँदै त्यो नभए आफूहरु विकास निर्माणको काम रोक्न बाध्य हुने चेतावनी दिए ।

सडकमा मापदण्ड विपरीत ढलान भएको गुनासोलाई उदृत गर्दै कल्याणपुर नगरपालिकाका ओभरसियर छेदी साफीले सडक ढलान कार्यमा कमीकमजोरी देखिएको स्विकारे । जनगुनासो बढेपछि निर्माण कार्य तत्काल स्थगीत गरी देखिएका त्रुटि सच्याएर पुनः कार्य अघि बढाउने उनले थपे ।

यता, वडा ९ का वडाध्यक्ष सूर्यनाथ यादव र उपभोक्ता समितिले सम्झौता अनुसार नै काम भइरहेको दाबी गरे । यस सन्दर्भमा कल्याणपुर नगरपालिकाका नगर प्रमुख सूर्यनाथ मण्डलसँग कुरा गर्दा उनले सो निर्माण कार्यलाई अनुगमन गर्ने प्रतिक्रिया दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…