नेविसंघको सदस्यता वितरणको लागि धनुषामा सुझाव संकलन अभियान
उक्त बैठकको प्रमुख अतिथि नेपाली कांग्रेस धनुषाका पार्टी सभापति योगेन्द्र पजियार तथा विशिष्ट अतिथि नेपाल विद्यार्थी संघका पुर्व सहमहामन्त्री तथा नेपाली कांग्रेस धनुषाका महाधिवेशन प्रतिनिधि नवलकिशोर यादवको हातबाट सदस्यता वितरण कार्यक्रम सुरु भएको जनाइएको छ ।

२०८१ पुस ९ मंगलबार, बिहान ८:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली काँग्रेसको विद्यार्थी सँगठन नेपाल विद्यार्थी सँघ (नेविसंघ) ले सदस्यता वितरणको लागि सुझाव संकलन अभियान सुरु गरेको छ ।
नेविसंघको केन्द्रीय कार्यालयको निर्देशन अनुसार नेविसंघ धनुषाका सभापति सुजित यादवको अगुवाईमा सदस्यता वितरण एवम् सुझाव संकलन अभियानको लागि विस्तारित बैठक सुरु गरिएको हो ।
राष्ट्रव्यापी सदस्यता वितरण एवं सुझाव संकलन अभियान अन्तर्गत केन्द्रिय प्रतिनिधि करुणा सागर सिङ्देल र धिरज खत्रीको उपस्थितिमा नेविसंघ जिल्ला कार्यसमिति धनुषाको विस्तारित बैठक सुरुवात भएको हो।
उक्त बैठकको प्रमुख अतिथि नेपाली कांग्रेस धनुषाका पार्टी सभापति योगेन्द्र पजियार तथा विशिष्ट अतिथि नेपाल विद्यार्थी संघका पुर्व सहमहामन्त्री तथा नेपाली कांग्रेस धनुषाका महाधिवेशन प्रतिनिधि नवलकिशोर यादवको हातबाट सदस्यता वितरण कार्यक्रम सुरु भएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…