धनुषा प्रहरीद्धारा भारी मात्रामा अबैद्य चाईनिज स्याउ बरामद, भन्सार बुझाईयो
न्यूज ब्यूरो | जनकपुरधाम, १२ असार । धनुषा प्रहरीले भारी मात्रामा अबैद्य स्याउ बरामद गरेको छ । नेपाल भारत सीमा नाकामा तस्करी बढदै गएको अवस्थामा सक्रिय भएका धनुषा प्रहरीले गस्तीको क्रममा १ सय ५० कार्टुन चाईनिज स्याउ बरामद गरेको हो । विगत केही दिनदेखि सीमा नाकामा प्रहरीले गस्तीमा कडाई तथा निगरानी बढाएक

२०७५ असार १२ मंगलबार, दिउँसो १२:०४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, १२ असार । धनुषा प्रहरीले भारी मात्रामा अबैद्य स्याउ बरामद गरेको छ ।
नेपाल भारत सीमा नाकामा तस्करी बढदै गएको अवस्थामा सक्रिय भएका धनुषा प्रहरीले गस्तीको क्रममा १ सय ५० कार्टुन चाईनिज स्याउ बरामद गरेको हो ।
विगत केही दिनदेखि सीमा नाकामा प्रहरीले गस्तीमा कडाई तथा निगरानी बढाएको भन्दै अबैद्य तस्करी न्यून भएको बताइएको छ ।
नेपालबाट भारततर्फ भन्सार छली गरी तस्करीको माध्यमबाट लैजादै गरेको अवस्थामा गस्तीमा रहेको प्रहरीले उक्त मात्राको चाईनिज स्याउ बरामद गरेको हो ।
धनुषाको नगराईन नगरपालीकाको राघोपुरबाट गएराती प्याक काटैुन चाईनिज स्याउ बरामद गरेको धनुषा प्रहरी नायब उपरीक्षक दीपेन्द्र शाहीले बताए ।
शाहीका अनुसार, बरामद भएको चाईनिज स्याउलाई भन्सार कार्यालय जनकपुरमा बुझाईएको छ ।
यता, भन्सार कार्यालय जनकपुरमा स्याउ कति मोल बराबरको रहेको छ भन्ने बारे सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।
भारत र चाईनाबीच आर्थिक द्धन्द्ध जारी रहेको छ भने बीचमा रहेको नेपाललाई जरिया बनाएको देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…