सिनेमा जगतमा स्टाईलिस स्टार अल्लु अर्जनुको राज, रिलिज अघिकै कमाई १६०० करोड बढी
सिनेमामा उनको फिल्म पुष्पा–२ लागेपछि दर्शकको भीड थाम्न नसकिने अनुमान गरिएको छ । पुष्पा–२ को ट्रेलरले अहिले युटुबमा धमाल मच्चाएको छ ।

२०८१ मंसिर ३ सोमबार, राति ८:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । फिल्मी दुनियाँको नयाँ बादशाहको रुपमा भारतका चर्चित अभिनेता अल्लु अर्जुन सबभन्दा महँगो अभिनेता भएका छन् ।
साउथ इन्डियन फिल्मका अभिनेता रहेका उनले पुष्पा–२ को लागि ३०० करोड (भारु) रुपैयाँ चार्ज गरेको बताईएको छ । यसरी अल्लु अर्जुन भारतको सबभन्दा महँगो अभिनेता बनेका छन् ।
फिल्म पुष्पा–द राईज) बक्स अफिसमा धमाल मच्चाएपछि अल्लु अर्जुन भारतको सबभन्दा मँहगो एक्टर बनेका छन् । पुष्पा–२ को लागि उनले ३०० करोड चार्ज गरेका हुन् ।
उनको फिल्म पुष्पा–२ आउँदो डिसेम्बर ५ तारिखको रिलिज हुने भएको छ । फिल्म रिलिज अघि नै नेपाली १६०० करोड रुपैयाँ बढी कमाएको भारतीय सँचारमाध्यमहरुले जनाएको छ ।
पुष्पा–२ ले थिएटरिकलमा ६४० करोड भारु, नन–थिएटरिकलमा ४२५ करोड भारुको व्यापार गरेको हो । यो कमाई फिल्म रिलिज हुनु अगावैको हो ।
सिनेमामा उनको फिल्म पुष्पा–२ लागेपछि दर्शकको भीड थाम्न नसकिने अनुमान गरिएको छ । पुष्पा–२ को ट्रेलरले अहिले युटुबमा धमाल मच्चाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…