सिनेमा जगतमा स्टाईलिस स्टार अल्लु अर्जनुको राज, रिलिज अघिकै कमाई १६०० करोड बढी

२०८१ मङ्सिर ३ सोमबार
रति ८:०१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । फिल्मी दुनियाँको नयाँ बादशाहको रुपमा भारतका चर्चित अभिनेता अल्लु अर्जुन सबभन्दा महँगो अभिनेता भएका छन् । 

साउथ इन्डियन फिल्मका अभिनेता रहेका उनले पुष्पा–२ को लागि ३०० करोड (भारु) रुपैयाँ चार्ज गरेको बताईएको छ । यसरी अल्लु अर्जुन भारतको सबभन्दा महँगो अभिनेता बनेका छन् । 

फिल्म पुष्पा–द राईज) बक्स अफिसमा धमाल मच्चाएपछि अल्लु अर्जुन भारतको सबभन्दा मँहगो एक्टर बनेका छन् । पुष्पा–२ को लागि उनले ३०० करोड चार्ज गरेका हुन् । 

उनको फिल्म पुष्पा–२ आउँदो डिसेम्बर ५ तारिखको रिलिज हुने भएको छ । फिल्म रिलिज अघि नै नेपाली १६०० करोड रुपैयाँ बढी कमाएको भारतीय सँचारमाध्यमहरुले जनाएको छ । 

पुष्पा–२ ले थिएटरिकलमा ६४० करोड भारु, नन–थिएटरिकलमा ४२५ करोड भारुको व्यापार गरेको हो । यो कमाई फिल्म रिलिज हुनु अगावैको हो । 

सिनेमामा उनको फिल्म पुष्पा–२ लागेपछि दर्शकको भीड थाम्न नसकिने अनुमान गरिएको छ । पुष्पा–२ को ट्रेलरले अहिले युटुबमा धमाल मच्चाएको छ ।

  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरको राजदेवी मन्दिरमा 'फैशन होईन', वस्त्र कोड लागू हुनुपर्छ

  • २०८१ मङ्सिर ३ सोमबार

सम्पादकीय । प्राचीन कालका राजा जनककी कुलदेवी रहेकी हिन्दुहरुको आस्थाको केन्द्र जनकपुरधामको राजदेवी मन्दिरमा वस्त्रको कोड लागू गर्नु आवश्यकता देखिएको छ ।  हिन्दुहरुको आस्थाको केन्द्र रहेको शक्तिपीठ राजदेवी मन्दिरमा दशैँभरि हुने

पूरा पढ्नुहोस्

Bureau Menus