कमला स्नानको क्रममा कमलामा डुबेका बालक तीनदिनपछि आफैँ तैरिए
कमला नदीमा उच्छृँगल गतिविधि गर्नेलाई कमलाले आफ्नो गोदमा समाउने धार्मिक विश्वास रहिआएको छ । विभिन्न धार्मिक ग्रन्थसँग जोडिएको कमला नदीको ऐतिहासिक किम्बदन्तीले समेत विगतमा समेत यस्ता घटनाहरु हुँदै आएको बुढापाखाहरु बताउँछन् ।

२०८१ मंसिर २ आइतबार, बिहान ११:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । कार्तिक पूर्णिमाको क्रममा स्नान गर्न कमला नदी पुगेका एक बालक डुबेको तिनदिनपछि नदीमा तैरिएको भेटिएको छ ।
सिरहा नगरपालिका वडा नम्बर १५ बुधौरा बस्ने स्थानीय कपिल यादवको १४ बर्षिय छोरा अभिषेक यादवको गत कार्तिक ३० गते कार्तिक पूर्णिमाको दिन स्नान गर्ने क्रममा डुबेका थिए ।
ऐतिहासिक र धार्मिक रुपले शक्तिशाली मानिएको कमला नदीमा डुबेपछि उनलाई खोज्न तीनदिनसम्म गोताखोर टोली परिचालन गरिएको थियो । डुबेको स्थानमै गोताखोर टोली तीनदिनसम्म खोजेपनि नभेटिएका अभिषेक आज विहान आफैँ तैरिरहेको अवस्थामा फेला परेको हो ।
सिरहाको बसबिट्टा घाटमा कमला स्नानको लागि नदीमा उत्रेका अभिषेक केही बेर नुहाईधुवाई गरेका थिए । भत्केको कमला पूलमुनि नुहाउन पुगेका उनी तत्कालै डुबेका थिए । पुलमुनी पाईलिँगको लागि डोजरले समेत खाल्डो खनिएको छ ।
स्नानकै क्रममा करिब ११ बजेतर्फ सोही ठाउँमा डुबेका यादवको शव प्रहरीको गोताखोर टोलीले बरामद गर्न सकेनन् । तीनदिनपछि आफैँ शव पानीमा तैरिरहेको अवस्थामा भेटिएको हो ।
जानकारी अनुसार, कमला नदीमा डुबेका अभिषेकको लागि उनका परिवारजनले कमलालाई भाकल गरेका थिए । यद्यपी, यसबारे उनको परिवारजनले भने केही बोल्न सक्ने अवस्थामा छैनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…