२२ किलो बढी चरेशसहित तीन जना पक्राउ
उनीहरू ना १५ प ११५६ नम्बरको मोटरसाइकलमा सवार थिए। कालो झोला बोकेका उनीहरूले ४५ वटा प्याकेटमा चरेश राखेको खुलेको हो। उनीहरूबाट कुल २२ किलो ५०० किलो चरेश बरामद गरेको हो।

२०८१ कार्तिक २९ बिहीबार, दिउँसो ४:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । बीरगँजमा साढे २२ किलो चरेशसहित तीन जना पक्राउ परेका छन्।
वीरगञ्ज महानगरपालिका(१५ भिष्वा होटल अगाडिबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी दिपक भारतीले जानकारी दिए।
बाराका मकसुद अन्सारी, रामलाल सहनी र भारतका मुकेश कुमारलाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरू ना १५ प ११५६ नम्बरको मोटरसाइकलमा सवार थिए। कालो झोला बोकेका उनीहरूले ४५ वटा प्याकेटमा चरेश राखेको खुलेको हो। उनीहरूबाट कुल २२ किलो ५०० किलो चरेश बरामद गरेको हो।
घटनाको प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…