न्यूज ब्यूरो, जनकपुरधाम । गायक रविराज साहको ‘दउरा घाटे के लेजाई‘’ बोलको भोजपुरी छठ गीत रिलिज गरिएको छ ।
लोकगायक रवीराज शाहको स्वर रहेको सो गीत यूट्यूवमा रिलिज गरिएको छ । गत बर्ष ‘कौना घाटे औनाजाना‘।’ बोलको भोजपुरी छठ गीत सार्वजनिक गरेका गायक शाहले त्यसलाई निरन्तरता दिदै छठ पर्वको अर्को गीत सार्वजनिक गरेका हुन् ।
‘छठ पर्व सन्तान प्राप्ती, सन्तानको दिर्घायूका लागि गर्ने गरिन्छ । सोही बिषय बस्तुलाई यो गीत मार्फत एउटा निसन्तान आमाको पीडा र बेदना देखाइएको छ’ गायक शाहले भने, ‘गीतको अन्त्यमा छठी मातामाथि विश्वास र पुजा गर्नेलाई सन्तान प्राप्ती हुन्छ । र यो गीत लोकलयमा आधारित छ ।’
तराई मधेस, बिहार, यूपी लगायतका ठाउँमा निसन्तान महिलालाई बिभिन्न तानाबाना दिने गरेको र बाझिन भनेर मानसिक एवं सामाजिक तनाव दिने गरिएको बताउँदै उनले सोही बिषयलाई गीतमा समेट्ने प्रयास गरिएको बताए ।
चर्चित एवं लोकगायक शाहको स्वर रहेको गीत उमालाल यादवले लेखेका छन् । संगितकार रौशन सिंह, भिडयो निर्देशक राजिव समर र भिडियो सम्पादन देवेन्द्र कुशवाहाले गरेका छन् । भिडियो सम्पादन गरेको कुशवाहाले यस अघि भोजपुरी, हिन्दी, नेपाली सहित बिभिन्न भाषाका चर्चित गीतहरुको सम्पादन गरेका छन् ।
‘दउरा घाटे के लेजाई‘।’ बोलको भोजपुरी छठ गीतमा गायक रविराज शाह सहित सिमा शर्मा, ममता मण्डल, विवि शाह, लगायतकाहरुले अभिनय गरेका छन् । गीत गायक शाहको औफिसियल यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।
धनुषाको हुलाकी सडकमा मोसा दुर्घटना, दुई युवक गम्भिर !
- २०८१ कार्तिक २१ बुधबार
न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकास्थित मोटरसाईकल दुर्घटना हुँदा एक युवकको अवस्था नाजुक भएको छ । उनको टाउकोमा गम्भिर भोट लागेर टाउको फुटदा अत्यधिक रगत बगेको छ । भारतीय
पूरा पढ्नुहोस्