चर्चित लोकगायिका शारदा सिन्हाको अवस्था गम्भिर, भेन्टिलेटरमा जीवन मृत्यूसँग लडदै !
शारदा सिन्हा ती गायक हुन जसको गीतको बिना छठ पर्व अधुरो अधुरो जस्तो लाग्छन् । छठ र विवाहको सयौँ गीत गाएकी शारदा सिन्हा ऐरा भनेर चिनिएको छ । उनको छठको गीत, विवाहको गीत मन नपराउने कोही होइनन् ।

२०८१ कार्तिक २० मंगलबार, बिहान ८:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । छिमेकी मुलुक भारत बिहारकी चर्चित एवम् पदमश्री गायिका शारदा सिन्हाको स्वास्थ्य अवस्था बिग्रीदै गएको छ ।
स्वर कोकिलाको नामले समेत चिनिएकी भारत सरकारको पदमश्री अवार्डबाट सम्मानित गायिका शारदा सिन्हाको स्वास्थ्य अवास्था जटिल भएपछि अस्पताल भर्ना गरिएको छ । परिवारजनको अनुसार उनलाई अहिले भेन्टिलेटरमा राखेर उपचार गरिरहेको छ ।
केही दिन अगाडी उनको श्रीमान वृजकिशोर सिन्हाको मृत्यू भएपछि चिन्तित भएकी शारदा सिन्हालाई दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको हो । उनका छोरा अँशुमन सिन्हाले शारदा सिन्हाको स्वास्थ्य अवस्थाबारे जानकारी गराएका हुन् । उनले छठी मेयाँसँग प्रार्थना गर्न उनका शुभचिन्तकहरुमा अपिल गरे ।
अँशुमनले छठ पर्व मनाउने व्रतालु एवम् श्रद्धालुसँग उनको लागि प्रार्थना गर्न आग्रह गरे ।
शारदा सिन्हा ती गायक हुन जसको गीतको बिना छठ पर्व अधुरो अधुरो जस्तो लाग्छन् । छठ र विवाहको सयौँ गीत गाएकी शारदा सिन्हा ऐरा भनेर चिनिएको छ । उनको छठको गीत, विवाहको गीत मन नपराउने कोही होइनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…