
न्यूज ब्यूरो, जनकपुरधाम । भारत बिहारकी चर्चित गायिका कल्पना पटोवारीको सौर्य उर्जा उपरको छठ गीत सार्वजनिक गरिएको छ ।
अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठाको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पटक पटक सौर्य उर्जाको जिकिर गरेको सन्दर्भलाई जोडेर सूर्य शक्ति उपर छठ गीत सार्वजनिक गरिएको हो । भक्तिमा सदाबहार गायिका मानिएकी कल्पना पटोवारीको गीतले दर्शक मनमुग्ध भएको देखिन्छ ।
सूर्यवंशी कुलमा अवतरित पावन भूमि अयोध्याका भगवान रामको कुललाई जोडेर सूर्यको शक्तिसँग जोडदै अर्थपूर्ण गीत सार्वजनिक गरिएको छ । ग्लोवल वार्मिँग बढिरहेको अवस्थामा सौर्य शक्तिलाई दर्साउनको लागि सो गीत बनाईएको गायिका कल्पना पटोवारीको कथन छ ।
न्यूज ब्यूरोसँग कुराकानी गर्दै गायिका कल्पना पटोवारीले प्रधानमन्त्री मोदीको भाषणलाई दृष्टिगत गरी सौर्य उर्जा अभियानलाई अगाडी बढाउन समेत छठ पर्वसँग जोडेर गीत निर्माण गरिएको बताइन् ।
सौर्य शक्तिलाई छठ गीतको रुपमा उठान गरी जागरुकता फैलाउनको लागि भिडियो गीत निर्माण गरिएको गायिका पटोवारीले बताइन् । “सौर्य उर्जा” शिर्षक राखिएको सो गीतमा गायिका पटोवारीले स्वयँ अभियन पनि गरेकी हुन् ।
अध्यात्म र विज्ञानलाई जोडनको लागि यो गीतको बोल, शब्दहरु भावनात्मक रहेको देखिएको छ ।
- २०८१ कार्तिक १९ सोमबार