भारतीय प्रधानमन्त्री मोदीले उच्चारण गरेको 'सौर्य उर्जा' मा सूर्यदेव शक्ति उपर कल्पनाको छठ गीत
सौर्य शक्तिलाई छठ गीतको रुपमा उठान गरी जागरुकता फैलाउनको लागि भिडियो गीत निर्माण गरिएको गायिका पटोवारीले बताइन् । “सौर्य उर्जा” शिर्षक राखिएको सो गीतमा गायिका पटोवारीले स्वयँ अभियन पनि गरेकी हुन् ।

२०८१ कार्तिक १९ सोमबार, बिहान ९:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । भारत बिहारकी चर्चित गायिका कल्पना पटोवारीको सौर्य उर्जा उपरको छठ गीत सार्वजनिक गरिएको छ ।
अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठाको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पटक पटक सौर्य उर्जाको जिकिर गरेको सन्दर्भलाई जोडेर सूर्य शक्ति उपर छठ गीत सार्वजनिक गरिएको हो । भक्तिमा सदाबहार गायिका मानिएकी कल्पना पटोवारीको गीतले दर्शक मनमुग्ध भएको देखिन्छ ।
सूर्यवंशी कुलमा अवतरित पावन भूमि अयोध्याका भगवान रामको कुललाई जोडेर सूर्यको शक्तिसँग जोडदै अर्थपूर्ण गीत सार्वजनिक गरिएको छ । ग्लोवल वार्मिँग बढिरहेको अवस्थामा सौर्य शक्तिलाई दर्साउनको लागि सो गीत बनाईएको गायिका कल्पना पटोवारीको कथन छ ।
न्यूज ब्यूरोसँग कुराकानी गर्दै गायिका कल्पना पटोवारीले प्रधानमन्त्री मोदीको भाषणलाई दृष्टिगत गरी सौर्य उर्जा अभियानलाई अगाडी बढाउन समेत छठ पर्वसँग जोडेर गीत निर्माण गरिएको बताइन् ।
सौर्य शक्तिलाई छठ गीतको रुपमा उठान गरी जागरुकता फैलाउनको लागि भिडियो गीत निर्माण गरिएको गायिका पटोवारीले बताइन् । “सौर्य उर्जा” शिर्षक राखिएको सो गीतमा गायिका पटोवारीले स्वयँ अभियन पनि गरेकी हुन् ।
अध्यात्म र विज्ञानलाई जोडनको लागि यो गीतको बोल, शब्दहरु भावनात्मक रहेको देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…