भारतीय लोकगायकहरुको छठ गीत, जसले 'छठ महापर्व' को हुन्छ आभाष
छठ गीतको नाममा महोत्तरीकी कथित एवम् सस्ता अश्लिल गायिका मानिने सुमन महरा (सुमन सोना), सप्तरीका सन्नु कुमार खँग, सिरहाका ज्ञानु यादव, भारत बिहारका सस्ता गायकहरुले छठ महापर्वलाई मजाक बनाएर राखिदिएको छ । उनीहरुको गीत प्रायः थर्ड क्याटेगोरीका मान्छेले मात्र सुन्न गरेको जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ का उमेश मुखिया बताउँछन् ।

२०८१ कार्तिक १८ आइतबार, बिहान ९:२२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेशी समुदायको सबभन्दा ठुलो पर्व मानिने छठ महापर्वको आभाष भारतीय लोक गायकहरुको गीतले ल्याउने गरेको आभाष हुन्छ ।
छिमेकी मुलुक भारतको बिहारमा महापर्वको रुपमा मनाईने छठ पर्वको आभाष लोकगायकहरुको गीतले मात्र आउने गरेको छ । भारत बिहारकी पदमश्री लोक गायिका शारदा सिन्हा लगायत लोकगायक कल्पना पटवारी, अनुराधा पौडवाल, सुनिल छैला बिहारी, तृप्ति शाक्यको गीतले मात्र महापर्व छठ आगमनको मिलाप भएको पाईन्छ ।
“मारबौ रे सुगवा धनुष से, सुगा गिरे मुरछाई, हो दिनानाथ, केलवाकेँ पात पर उगेले सुरुजमल, उठ सुरुज भईले बिहान, बाँझिन केवडबा धैले ठार जस्ता सारदा सिन्हाको गीतले पारम्पारिक छठ महापर्वको आभाष ल्याउने गरेको छ । सारदा सिन्हाको एउटै गीत नबजेसम्म छठ आएको आभाष नै हुँदैनन भनेर कमला नगरपालिका वडा नं. २ का गुडु यादव बताउँछन् ।
यस्तै, अनुराधा पौडवालको “काँच ही बाँसके बहँगीया, बहँगी लचकत जाय, उग हो सुरुजदेव भइल भिन्सरबा पुजनके के रे बेरबा हो, उगी ने आदित्य देव, दर्शन दिही न सुरुजदेव जस्ता गीतले जोकोही असल श्रद्धालुलाई भावनात्मक बनाउने गरेको छ ।
लोकगायकमै सुनिल छैला बिहारीको “अैले छठीको त्योहार चल गँगा जीके पार, उग उग ना हो सुुरुदेव भोर भेलै ना, नाही जुटै फलफूल लगायतका गीतहरुले छठ मनाउने समुदायलाई प्रेरित र इमोश्नल बनाउने गरेको छ । उनीहरुको गीतमा श्रद्धा भाव प्रकट गरिएको पाईएको छ ।
गलामा सरस्वति वास गर्ने भनिएकी गायक कल्पना पटवारीलाई नचिन्ने कमै होलान्, उनको गीत बजेपछि अझै छठ महापर्वको रुझान सुरु भएको मानिन्छ । बिना अटो टोनमा गाउने कल्पना पटोवारीको गीतले तराई मधेशमा महापर्वको रुपमा मनाईने छठ पर्वको रुझान सुरु भएको मानिन्छ । यस्तै, लोकगायिका तृप्ति शाक्यको गीतहरु युटुबमा केही सँख्यामा भेटिन्छन् ।
यी लोक गायक गायिकाहरुको गीत नबजेसम्म छठ परिपूर्ण नै नहुने भनेर बुढापाखाहरु बताउँछन् । अहिलको कथित गायकहरुले छठ महापर्वको गीतलाई तोडमोड गरी बलिवुड गीतको असभ्य शैलीमा ल्याएपछि छठ महापर्वमा समेत प्रहार गर्न थालेका छन् ।
छठ गीतको नाममा महोत्तरीकी कथित एवम् सस्ता अश्लिल गायिका मानिने सुमन महरा (सुमन सोना), सप्तरीका सन्नु कुमार खँग, सिरहाका ज्ञानु यादव, भारत बिहारका सस्ता गायकहरुले छठ महापर्वलाई मजाक बनाएर राखिदिएको छ । उनीहरुको गीत प्रायः थर्ड क्याटेगोरीका मान्छेले मात्र सुन्न गरेको जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ का उमेश मुखिया बताउँछन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…