महासचिव पोखरेल विजयी
काठमाडौँ, २४ : काठमाडौँ निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार एवं नेकपा(एमाले)का महासचिव ईश्वर पोखरेल निर्वाचित हुनुभएको छ । निर्वाचन आयोगले दिएको जानकारीअनुसार पोखरेलले २३ हजार २९ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका डा प्रकाश

२०७४ मंसिर २४ आइतबार, बिहान १०:२५ बजे१ मिनेट पढाइ

काठमाडौँ, २४ : काठमाडौँ निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार एवं नेकपा(एमाले)का महासचिव ईश्वर पोखरेल निर्वाचित हुनुभएको छ ।
निर्वाचन आयोगले दिएको जानकारीअनुसार पोखरेलले २३ हजार २९ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका डा प्रकाशशरण महतले १३ हजार १६९ मत प्राप्त गर्नुभएको छ ।
विवेकशील साझा पार्टीका उम्मेदवार उज्ज्वल थापाले छ हजार ८१३ मत प्राप्त गर्नुभएको छ । त्यस क्षेत्रमा ४५ हजार ९१२ मत खसेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…