
न्यूज ब्यूरो, जनकपुरधाम । इन्टरनेट सेवा प्रदायक सँस्था वल्र्डलिंकले पूर्वी धनुषाको सबैला क्षेत्रमा आफ्नो कनेक्सन विस्तार गरेको छ ।
सबैलामै शाखा कार्यालय राखेर वल्डलिंकले सबैलाको आसपासका गाउँहरुमा ईन्टरनेट सुचारु गरेको सबैला शाखाका प्रमुख सरोज शर्माले जानकारी दिए ।
सबैला क्षेत्रको झटियाही, भतही, ईनरबा, मुँगराहा, सिकियाही, लवटोली लगायतका गाउँ वस्तीमा फाईबर बिछाउने कार्य सम्पन्न गरी इन्टरनेट समेत सुचारु गरेको शर्माले जानकारी दिए ।
अन्य कम्पनीभन्दा सस्तो दरमा उच्च स्पीडको इन्टरनेट सेवा दिँदै आएको दाबी शाखा प्रमुख शर्माले गरे । उनले स्लो इन्टरनेटको झन्झनबाट मुक्ति पाउन वल्डलिंकलाई विकल्पको रुपमा प्रयोगकर्ताले प्रयोग गर्न थालेको बताए ।
वल्डलिँक जडान गरे लगत्तै सेवाग्राहीहरुले विकल्पको रुपमा प्रयोग गर्न थालेको बताए । उनले वल्डलिंक ईन्टरनेटको कनेक्सनको लागि सेवाग्राही फोन मार्फत र कार्यालयमा आएर समेत जडान गराउन थालेको बताए ।
होलीमा उच्छृँगल गतिविधि नगर्न धनुषा प्रशासनको चेतावनी, छपरीहरुमाथि निगरानी
- २०८१ कार्तिक १३ मंगलबार
न्यूज ब्यूरो, जनकपुरधाम । हिन्दु धर्मावलम्बीहरुको रँग उल्लासको पर्व होलीमा उच्छृँगल गतिविधि नगर्न धनुषा प्रशासनले अनुरोध गरेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाले एक सूचना जारी गर्दै होलीको नाममा उच्छृँगल गतिविधि
पूरा पढ्नुहोस्