गर्भवति श्रीमतिलाई छाडेर एक पुरुष नाबालिक साली लिएर फरार, श्रीमति बिच्चलीमा
विवाह प्रमाणितको विषयलाई लिएर वडाअध्यक्ष रायले आफनो बुबा र दाईसंग वडा कार्यलय बाहिर आएर झगडा गरेको बताईन । यद्यपि, वडाअध्यक्ष रामविश्वास रायले विवाह प्रमाणित गर्न कानुनले नमिल्ने बताएका छन । २०३५ भन्दा पहिला विवाह प्रमाणित हुन्थ्यो तर अहिले विवाह दर्ता बन्द । विवाह दर्ता बनाउन श्रीमान र श्रीमतीको अनिवार्य उपस्थिति हुनु पर्ने बताएपछि वडाध्यक्षको नियतमाथि प्रश्न चिन्ह खडा भएका उनीहरुले बताए ।

२०८१ कार्तिक १० शनिबार, दिउँसो ४:५२ बजे४ मिनेट पढाइ
न्यूज ब्यूरो, सर्लाही । सर्लाहीको कविलासी नगरपालिकामा एक जना व्यक्तिले नाबालिक सालीलाई फरार भएपछि गर्भवती श्रीमती बिचल्लीमा परेको रहस्य बाहिरिएको छ ।
कविलासी नगरपालिका वडा नम्वर ३ मदनपुरका ओपिन्द्र यादवका ४० बर्षिय छोरा जयनारायण रायले जेठी श्रीमती वितेपछि सर्लाही लालबन्दी नपा ९ का इन्दल रायको २२ बर्षिय छोरी रंजिता यादव संग २०८० माघको ३ गते दोश्रो विहे गरे । दोश्रो विहे गरेका रायले दुई महिनामै श्रीमती रंजितालाई कुटपिट एवं घरेलु हिंसाको शिकार बनाउन थालिन ।
श्रीमान रायले आफू माथि हिंसा गर्दै तिमी साइड लाग, तिमीलाई राख्दीन, गर्भमा रहेको बच्चा पनि चाहिदैनन् भनेर निर्ममतापूर्वक कुटपिट गरेको पीडिता दोश्रो श्रीमती रंजिताले गम्भीर आरोप लगाइन् । मलाई आफनै ३ वटा बच्चा रहेको छ तिमीबाट बच्चा चाहिएन औषधी खाएर फाल भनेर दवाव दिएको नमानेपछि कुटपिट गरेको उनले गुनासो गरिन् ।
आफू माथि भएको हिंसा सम्बन्धी घटनालाई माइतीलाई बताएपछि साउन महिनाको १३ गते बुबाले माइती ल्याएको बताईन ।
गत असोज १ गते विश्वकर्मा पुजाका दिन मेरो श्रीमान पहिलो श्रीमतीको नाबालक बहिनीलाई लिएर भागेपछि मैले इलाका प्रहरी कार्यलय, हरिपुरमा असोज १५ गते श्रीमान खोजतलासको निवेदन दर्ता गराए ।
दोश्रो श्रीमतीलाई गर्भवती बनाएर अलपत्र छाडेको घटना दुखद रहेको मेची महाकालीका मधेस प्रदेश संयोजक रमा काफले बताउँछिन । अहिले अलपत्र परेकी महिला माईतीको शरण लिन पुगेकी छिन, उनले भनिन ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…