धनुषाको गणेशमान चारनाथ नपामा वडा ११ नगरकै पहिलो खुदिमु घोषणा
बिनय कुमार यादव | धनुषा, ८ असार । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा नगरकै पहिलो खुल्ला दिसामुक्त वडाको रुपमा वडा नं. ११ रघुनाथपुरलाई बिहीबार खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ । वडा नं. ११ का वडाअध्यक्ष सत्यनारायण कुवँर दनुवारको अध्यक्षता तथा नेकपाकी सांसद बोधमाया यादवको प्रमुख आतिथ्यमा वडालाई

२०७५ असार ८ शुक्रबार, बिहान ८:०८ बजे१ मिनेट पढाइ

बिनय कुमार यादव |
धनुषा, ८ असार । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा नगरकै पहिलो खुल्ला दिसामुक्त वडाको रुपमा वडा नं. ११ रघुनाथपुरलाई बिहीबार खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ । वडा नं. ११ का वडाअध्यक्ष सत्यनारायण कुवँर दनुवारको अध्यक्षता तथा नेकपाकी सांसद बोधमाया यादवको प्रमुख आतिथ्यमा वडालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको हो ।
४ सय २ घरधुरी रहेको वडा नं. ११ रघुनाथपुरलाई खुल्ला दिसामुक्तको लागि घरघरमा शौचालय निर्माणको गर्न २०७३ बाट युएन ह्यावीटेट र ग्रामिण खानेपानीको सहयोगमा समाजिक विकास केन्द्र र जानकी महिला जागरण समाजको सहजीकरण तथा यस नगरपालिकाको खानेपानी सरसफाई स्वच्छता समन्वय समितिको अगुवाई गरेको थियो । अभियान चलाउनु अघि मात्र यस वडाको ३१ घरधुरीमा शौचालय रहेको थियो ।
बक्ताहरुले खुल्ल दिसामुक्त घोषणा भएर मात्र नभई सबैले शौचालयमा मात्र दिसापिसाव गरी बाहिर स्वच्छ सफा राखे मात्र खुल्ला दिशामुक्त क्षेत्रले सार्थकता पाउने बताउँदै कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् ।
खुल्ला दिसामुक्त क्षेत्र घोषणा समारोहको विशिष्ट अतिथिका रुपमा गणेशमान चारनाथ नगरपालिकाका मेयर रामबाबु यादव, उपमेयर मिना कुमारी, नेकपाका केन्द्रिय सदस्य दीपक यादव, महेश यादव लगायतले नगरपालिकाको अन्य वडाहरुमा समेत खुल्ला दिसामुक्त अभियान चलाएर नगरपालिकालाई नै चाँडै खुल्ला दिसामुक्त घोषणा गर्नु पर्नेमा जोड दिएका छन् ।
घोषणा समारोहमा रंगदर्पणका कलाकारहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । वडालाई खुल्ला दिसामुक्त गर्न सहयोग गर्नेहरुलाई सम्मान समेत गरिएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…