धनुषामा ११ हजार भोल्टको करेन्ट लागेर एक युवक ठहरै
न्यूज ब्यूरो | जनकपुरधाम, ७ असार । धनुषाको औरही गाउँपालिकामा बिहिबार दिउँसो ११ हजार भोल्टको करेन्ट लागेर एकजना युवकको ज्यान गएको छ । धनुषाको औरही गाउँपालिका वडा २ का १८ वर्षीय युवक नहिम साफीको करेन्ट लागेर मृत्यु भएको हो । औरही गाउँपालिका ३ स्थित सुर्काहा खोलाको पुलबाट फलामको छडले खोलाबाट जलकुम्भी त

२०७५ असार ७ बिहीबार, बेलुकी ५:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, ७ असार । धनुषाको औरही गाउँपालिकामा बिहिबार दिउँसो ११ हजार भोल्टको करेन्ट लागेर एकजना युवकको ज्यान गएको छ । धनुषाको औरही गाउँपालिका वडा २ का १८ वर्षीय युवक नहिम साफीको करेन्ट लागेर मृत्यु भएको हो ।
औरही गाउँपालिका ३ स्थित सुर्काहा खोलाको पुलबाट फलामको छडले खोलाबाट जलकुम्भी तान्दै गरेको बेला माथि जडान भएको ११ हजार भोल्टको विद्युतको तारमा सर्ट भएर करेन्ट लागेको धनुषा प्रहरीले जानकारी दिए ।
साफीको घटना स्थलमै मृत्यु भएको र उनको शवलाई पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पताल लागिएको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…