राकेश पासवानको 'भेलै परदेशी हमर नाम' मैथिली गीत रिलिज
न्यूज ब्यूुरो, कत्तार । विदेशमा रहेका नेपाली श्रमिकहरुको पीडालाई दर्साएको मैथिली गीत “भेलै परदेशी हमर नाम” बोलको गीत रिलिज गरिएको छ । राकेश पासवानको स्वर रहेको सो गीतमा वैदेशिक रोजगारीमा रहेका युवाहरुको दुःख, पीडा र घरको स्मरणलाई समेटिएको हो । करिब ५ मिनेटको म्यूजिक भिडियोमा गोविन्द, उपेन्द्र र लक्क

२०८१ कार्तिक ३ शनिबार, बिहान ९:०४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूुरो, कत्तार । विदेशमा रहेका नेपाली श्रमिकहरुको पीडालाई दर्साएको मैथिली गीत “भेलै परदेशी हमर नाम” बोलको गीत रिलिज गरिएको छ ।
राकेश पासवानको स्वर रहेको सो गीतमा वैदेशिक रोजगारीमा रहेका युवाहरुको दुःख, पीडा र घरको स्मरणलाई समेटिएको हो ।
करिब ५ मिनेटको म्यूजिक भिडियोमा गोविन्द, उपेन्द्र र लक्कीले अभिनय गरेका छन् । रमेश मण्डलले लेखेको गीतमा मनोज मेत्तलले म्यूजिक सजाएका छन् ।
सिरहाको गोलबजारस्थित एक स्टुडियोमा गीत रेकर्डिँग गरिएको जनाइएको छ । गोविन्द पँज प्रोडयूसर रहेको सो गीतमा ओ.एफ. ईन्दौरीले निर्देश गरेका छन् । क्यामेरामा डिजे राकेशले साथ दिएक हुन् ।
गीत यहाँबाट सुन्न सकिन्छः
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…