
न्यूज ब्यूुरो, कत्तार । विदेशमा रहेका नेपाली श्रमिकहरुको पीडालाई दर्साएको मैथिली गीत “भेलै परदेशी हमर नाम” बोलको गीत रिलिज गरिएको छ ।
राकेश पासवानको स्वर रहेको सो गीतमा वैदेशिक रोजगारीमा रहेका युवाहरुको दुःख, पीडा र घरको स्मरणलाई समेटिएको हो ।
करिब ५ मिनेटको म्यूजिक भिडियोमा गोविन्द, उपेन्द्र र लक्कीले अभिनय गरेका छन् । रमेश मण्डलले लेखेको गीतमा मनोज मेत्तलले म्यूजिक सजाएका छन् ।
सिरहाको गोलबजारस्थित एक स्टुडियोमा गीत रेकर्डिँग गरिएको जनाइएको छ । गोविन्द पँज प्रोडयूसर रहेको सो गीतमा ओ.एफ. ईन्दौरीले निर्देश गरेका छन् । क्यामेरामा डिजे राकेशले साथ दिएक हुन् ।
गीत यहाँबाट सुन्न सकिन्छः
न्यूजब्यूरो समाचार प्रभावः भारतीय नागरिक मियाँको नागरिकता बदर गर्न सिफारिस
- २०८१ कार्तिक ३ शनिबार
न्यूज ब्यूरो, सिरहा । सिरहाको नरहा गाउँपालिका वडा नम्बर ३ को सिफारिसबाट नागरिकता बनाएका भारतीय नागरिक मोस्ताक मियाँको नागरिकता बदर गर्नको लागि सिफारिस गरिएको छ । वडा नम्बर ३ का वडाध्यक्ष
पूरा पढ्नुहोस्