अश्लीलताको विरूद्ध र मौलिकता समर्थनमा, हनुमाननगरमा ‘कोसिया ३’ को आयोजन
'हामीले आफ्नो इतिहास बिर्सँदै गएका छौं। हनुमाननगरको इतिहास, प्राचीनता र धार्मिक महत्वलाई अहिले पुस्ता जानकार छैनन्, न त यसलाई अध्ययन गरिएको छ। त्यसैले यो कार्यक्रम आवश्यक भएको हो,' कोसिया आयोजन समितिका संयोजक सत्रुघन प्रसाद रायले जानकारी दिए।

२०८१ कार्तिक ३ शनिबार, बिहान ८:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । हिन्दू धर्मको प्रकृति पूजाको महान चाड छठिमा यसपटक हनुमाननगर, सप्तरीमा मौलिक सांस्कृतिक तथा विचार विमर्शको कार्यक्रम ुकोसिया ३ु आयोजना हुँदैछ। छठी पूजा समिति र आइ लभ मिथिलाको संयुक्त पहलमा घोषणापत्र आज सार्वजनिक गरिएको छ।
आइ लभ मिथिलाद्वारा आयोजित दुईदिने कार्यक्रममा पहिलो दिन २१ गते खरनाकको अवसरमा विचार विमर्श तथा साहित्य वाचन हुनेछ। यस दिन हनुमाननगरको प्राचीन इतिहास र छठी पूजाको महत्वबारे विद्वानहरूले आफ्नो विचार राख्नेछन्। “इतिहासक स्वर्णीम डगर, हनुमाननगर” र “जल आ जमीनसँ जीवन सजाबैत छठि ” सत्र हुनेछ। कार्यक्रमका निर्देशक गजेन्द्र गजुरका अनुसार यसै दिन साहित्यिक प्रस्तुति, कविता, गजलसहित रचना वाचनको पनि आयोजना गरिनेछ।
दोस्रो दिन हनुमाननगरका स्थानीय विद्यार्थीहरूको नृत्य तथा गायन प्रतियोगिता र बाहिरी अतिथि कलाकारहरूको प्रस्तुति कोसिया कार्यक्रममा हुनेछ, जसले विद्यार्थीहरूलाई प्रोत्साहित गर्नेछ।
हाल समाजमा सांस्कृतिक कार्यक्रममा बढ्दो अश्लील नृत्य र असभ्य प्रस्तुतिलाई निरुत्साहित गर्दै मौलिक कलालाई उजागर गर्न कोसिया कार्यक्रम यसपटक भव्यरूपमा आयोजना गर्न लागिएको छ, छठी पूजा समितिका अध्यक्ष नारायण ठाकुरले बताए।
'हामीले आफ्नो इतिहास बिर्सँदै गएका छौं। हनुमाननगरको इतिहास, प्राचीनता र धार्मिक महत्वलाई अहिले पुस्ता जानकार छैनन्, न त यसलाई अध्ययन गरिएको छ। त्यसैले यो कार्यक्रम आवश्यक भएको हो,' कोसिया आयोजन समितिका संयोजक सत्रुघन प्रसाद रायले जानकारी दिए।
कोसिया कार्यक्रमका कारण भविष्यमा हनुमाननगरका युवा र कलाकारहरूलाई एउटा मंच प्राप्त हुनेछ, जसले उनीहरूको कला र संस्कृतिको प्रदर्शन र विकास गर्न सकिनेछ, सल्लाहकार राजेन्द्र मिश्रले बताए।
कार्यक्रम निर्देशकगजेन्द्र गजुर, प्रविधि संयोजन, रवि शर्मा, प्रस्तुति संयोजनस् सत्य नारायण पण्डित, व्यवस्थापन, राजेश मण्डल, अरविन्द दास, निरज चौहान छन्।
संरक्षण समितिमा श्याम बेल्दार, जय प्रकाश चौहान, अर्जुन सिंह, मनोज रजक, पंकज अग्रवाल, सूर्य नारायण रजक, धीरेन्द्र साह, चन्दन साह छन्।
सल्लाहकारमा राजेन्द्र कुमार मिश्र, माधव कुमार र विजय दास छन्।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…