आज विश्व योग दिवस विश्वभरमै मनाइदै, मिर्चैयामा पनि योगको जोग
बिनय यादव/न्यूज ब्यूरो, सिरहा, ७ असार । आज जुन २१ तारिख अर्थात् विश्व योग दिवस । चौथो अन्तराष्ट्रिय योग दिवस आज (बिहिवार) विश्वभर विभिन्न कार्यक्रम गरी मनाइदै छ । मानव जीवनलाई स्वस्थ्य र स्फूर्त रहन तथा रोगबाट मुक्ति पाउने साधनाको रुपमा विश्वविख्यात योग दिवस मनाइने गरिएको हो । यसैबीच, नेपालका विभिन्

२०७५ असार ७ बिहीबार, बिहान ८:२७ बजे१ मिनेट पढाइ

बिनय यादव/न्यूज ब्यूरो, सिरहा, ७ असार । आज जुन २१ तारिख अर्थात् विश्व योग दिवस । चौथो अन्तराष्ट्रिय योग दिवस आज (बिहिवार) विश्वभर विभिन्न कार्यक्रम गरी मनाइदै छ । मानव जीवनलाई स्वस्थ्य र स्फूर्त रहन तथा रोगबाट मुक्ति पाउने साधनाको रुपमा विश्वविख्यात योग दिवस मनाइने गरिएको हो ।

यसैबीच, नेपालका विभिन्न ठाउँहरुमा समेत विश्व योग दिवस विभिन्न कार्यक्रमहरु गरी मनाइदै छ । विश्व योग दिवसको अवसरमा पतञ्जली योग समिति मिर्चैयाको आयोजनामा मिर्चैयामा पनि विभिन्न कार्यक्रम गरी विश्व योग दिवस मनाइएको छ ।

दिवसको अवसरमा मिर्चैया बृहत र्याली प्रदर्शन गरिएको थियो । र्यालीमा ‘योग गरौं निरोग रहौं’ ‘कपालभाती जीवनसाथी’ र ‘विश्व योग दिवस सफल पारौं’ नाराका साथ मिर्चैयाको श्री मोहन उमाविको प्राङ्गणबाट सुरु भएको र्याली बजार लगायत नगरको विभिन्न भागको परिक्रमा गरी कटारी चौकमा कोणसभा गरि सम्पन्न गरिएको थियो ।

मिर्चैया पतञ्जली योग समितिका अध्यक्ष अकलदेव सिंहको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख श्रवण कुमार यादव, योग समिति मिर्चैयाका उपाध्यक्ष भरत महासेठ, कोषाध्यक्ष लिला देवी तिवारी, मन्त्री संतोष महतो, पतञ्जली योग समिति मिर्चैया ६ का अध्यक्ष पशुपति यादव, सल्लाहकार सिकिया यादव, जिल्ला सदस्य किशोरी साह, पतञ्जली योग समिति मिर्चैयाका सचीव रामप्रताप यादव, सदस्य रिना ठाकुर, जिल्ला उपाध्यक्ष श्याम मण्डल, ईप्रका मिर्चैयाका प्रहरी निरिक्षक सूर्य बहादुर खड्का लगायत विभिन्न विद्यालयका छात्रछात्रा, शिक्षक, स्थानीय ब्यापारी, बुद्धिजिबी, स्थानीय बासी, नागरीक समाज, संचारकर्मी लगायतको उल्लेखनीय सहभागीता रहेका थिए ।

त्यस्तै, योगको महत्वको चर्चा गर्दै मिर्चैयाका युवाहरुको साझा संगठन अष्टावक्र फाउन्डेशनले पनि बिविध कार्यक्रम गरेर विश्व योग दिवस मनाएका छन् । विश्वभरमा योगप्रतिको आकर्षण बढ्दै गएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…