गुणस्तरीय काम गर्नु नै उपभोक्ता समितीको दायित्व ः अध्यक्ष साह
न्यूज ब्यूरो | जनकपुरधाम, ६ असार । निर्माण कार्यलाई गुणस्तरीय बनाउनु नै उपभोेक्ता समितीको दायित्व रहेको धनुषाका औरही गाँउपालिकाका अध्यक्ष ब्रह्मदेव साहले बताएका छन् । धनुषाको औरही गाँउपालिका वडा नं. २ स्थित देउरी परबाहामा उपभोक्ता समितीहरुको दुईदिने अभिमुकरण तालिममा उनले सो कुरा बताएका हुन् । गाँउपा

२०७५ असार ६ बुधबार, बेलुकी ५:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, ६ असार । निर्माण कार्यलाई गुणस्तरीय बनाउनु नै उपभोेक्ता समितीको दायित्व रहेको धनुषाका औरही गाँउपालिकाका अध्यक्ष ब्रह्मदेव साहले बताएका छन् । धनुषाको औरही गाँउपालिका वडा नं. २ स्थित देउरी परबाहामा उपभोक्ता समितीहरुको दुईदिने अभिमुकरण तालिममा उनले सो कुरा बताएका हुन् ।
गाँउपालिकाको आर्थिक सहयोग तथा मधेश ग्रामिन विकास परियोजनाको आयोजनामा भएको सो तालिममा ८० भन्दा बढी उपभोक्ता सदस्यहरु सहभागी भएका थिए ।
तालिमको समापन सत्रमा अध्यक्ष साहले चालु आर्थिक वर्षका लागि आएको बजेटलाई निर्माण कार्यमा लगाउनु र सो कार्य उपभोक्ता समितीको मार्फत गुनस्तरीय हुनुपर्नेमा उनले जोड दिएका छन् । उनले विभिन्न योजनाहरुलाई प्रभावकारी बनाउन उनीहरुको क्षमता अभिवृद्धि गर्न जिम्मेबारी र भूमिका विषयमा तालिम भएको बताएका छन् ।
विभिन्न उपभोक्ता समितीका पदाधिकारीहरुलाई जिम्मेबारी र भूमिका विषयमा क्षमता अभिवृद्धि गर्न, गाँउपालिकाको योजना तर्जुमा प्रकृृया, भुक्तानी प्रकृया, योजनामा समाबेशीकरण, सुचनाको हक सार्वजनिक परीक्षण लगायतका विषयमा यो तालिमबाट सबैले जानकारी पाएको उनले बताएका छन् ।
परियोजनाका अध्यक्ष संजय कुमार साहको अध्यक्षतामा भएको सो तालिममा गाँउपालिकाका प्रशासकीय अधिकृत सुबोध ठाकुर, वडा अध्यक्ष अमित यादव, मधेश युवा समाजका अध्यक्ष जिबेन्द्र झा लगायतकाले मन्तव्य राखेका थिए ।
उनिहरुले तालिममा सिकेका कुरालाई ब्यवहारमा पनि लागु गर्नका लागि सबैसँग आग्रह समेत गरेका छन् ।
परियोजनाका अध्यक्ष संजय कुमार साहले काम, कर्तव्य र निती सम्बन्धी प्रशिक्षण दिने उद्देश्यले दुई दिवसीय तालिम दिइएको बताएका छन् । उनले भने, ‘उपभोक्ता समिती सक्षम भएमा स्वतः गाँउ, नगरको विकास हुन्छ । उपभोक्ता वर्गको निती र अधिकार सम्बन्धी यो तालिमले सिकाउने छ ।’
निती नियम पालनका साथै उपभोक्ता समितीले राम्रो कार्य गरेमा नमुना वार्ड र गाँउपालिका समेत बन्ने उनले विश्वास ब्यक्त गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…