धनुषाधाम प्रहरीद्धारा अबैध घरेलु मदिरा नष्ट
बिनय कुमार यादव | जनकपुरधाम, ६ असार । ईलाका प्रहरी कार्यालय धनुषाधामले अबैध मदिरा नष्ट गरेको छ । जिल्लाको विभिन्न स्थानमा अवैध रुपमा उत्पादन गरिरहेको अवैध मदिराका भट्टीहरुबाट बरामद गरी ल्याइएको ३ सय लीटर कच्चा मदिरा नष्ट गरिएको हो । ईलाका प्रहरी कार्यालय धनुषाधामबाट जिल्लाका बिभिन्न स्थानमा खटेको प्

२०७५ असार ६ बुधबार, बिहान ९:२३ बजे१ मिनेट पढाइ

बिनय कुमार यादव |
जनकपुरधाम, ६ असार । ईलाका प्रहरी कार्यालय धनुषाधामले अबैध मदिरा नष्ट गरेको छ । जिल्लाको विभिन्न स्थानमा अवैध रुपमा उत्पादन गरिरहेको अवैध मदिराका भट्टीहरुबाट बरामद गरी ल्याइएको ३ सय लीटर कच्चा मदिरा नष्ट गरिएको हो ।
ईलाका प्रहरी कार्यालय धनुषाधामबाट जिल्लाका बिभिन्न स्थानमा खटेको प्रहरीको टोलीद्वारा बरामद गरिएको अबैध मदिरा हिजो (मंगलबार) नष्ट गरिएको ईप्रका धनुषाधामका प्रहरी निरीक्षक प्रकाश दहालले बताए ।
बरामद गरिएको अवैध कच्चा मदिरा धनुषाधाम नपा वडा ३ का वडाध्यक्ष राज किशोर साह‚ स्थानिय बासिन्दाहरु‚ बुद्धिजिवी‚ समाजसेवी तथा पत्रकार समेतको रोहबरमा नष्ट गरेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…