सर्पको टोकाइबाट धनुषामा २ को ज्यान गयो
बिनय कुमार यादव | जनकपुरधाम ६ असार । धनुषामा सर्पको टोकाइबाट दुई जनाको मृत्यु भएको छ । धनुषाको धनुषाधाम नगरपालिका ५ नौसय बिघा बस्ने राजेन्द्र यादवकी ४ वर्षीय छोरी चान्दनी कुमारी यादवलाई आफनै घरमा बिहान गौमन सर्पले टोक्दा उपचारको क्रममा मृत्यु भएको हो । उपचारको लागी सर्पदंश उपचार केन्द्र बन्दिपुरमा उ

२०७५ असार ६ बुधबार, बिहान ८:५१ बजे१ मिनेट पढाइ

बिनय कुमार यादव |
जनकपुरधाम ६ असार । धनुषामा सर्पको टोकाइबाट दुई जनाको मृत्यु भएको छ । धनुषाको धनुषाधाम नगरपालिका ५ नौसय बिघा बस्ने राजेन्द्र यादवकी ४ वर्षीय छोरी चान्दनी कुमारी यादवलाई आफनै घरमा बिहान गौमन सर्पले टोक्दा उपचारको क्रममा मृत्यु भएको हो ।
उपचारको लागी सर्पदंश उपचार केन्द्र बन्दिपुरमा उपचार सम्भव नभएपछि बिराटनगर लाने क्रममा बाटोमै मृत्यु भएका छन् । उनलाइ पोस्ट मार्टमका लागि लहान अस्पतालमा राखिएको प्रहरीले बताएका छन् ।
त्यस्तै, सोही नगरपालिकाको वडा २ बस्ने ललन मण्डलका १३ वर्षीय छोरा दिपेन्द्र मण्डलको मंगलबार सर्पले टोक्दा मृत्यु भएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…