महोत्तरीमा वृहत आँखा शिविर तथा जेष्ठ नागरिकलाई अभिनन्दन
न्यूज ब्यूरो | जनकपुरधाम, ४ असार । महोत्तरीमा एक कार्यक्रमबीच वृहत आँखा शिविर सहित जेष्ठ नागरिक अभिनन्दन कार्यक्रम सम्पन्न गरिएको छ । महोत्तरकिो महोत्तरी गाउँपालिकामा सम्पन्न उक्त कार्यक्रममा ६ सय बढी आँखा रोगीले निःशुल्क सेवा लिएका हुन् । वृहत आँखा जाँच शिविरमा ४ सय ५० जना आँखा रोगीलाई चस्मा समेत व

२०७५ असार ४ सोमबार, बेलुकी ५:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, ४ असार । महोत्तरीमा एक कार्यक्रमबीच वृहत आँखा शिविर सहित जेष्ठ नागरिक अभिनन्दन कार्यक्रम सम्पन्न गरिएको छ ।
महोत्तरकिो महोत्तरी गाउँपालिकामा सम्पन्न उक्त कार्यक्रममा ६ सय बढी आँखा रोगीले निःशुल्क सेवा लिएका हुन् ।
वृहत आँखा जाँच शिविरमा ४ सय ५० जना आँखा रोगीलाई चस्मा समेत वितरण गरिएको जनाइएको छ ।
महोत्तरी गाउँपालिकाको मडै स्थित रहेको स्वास्थ्यचौकीमा सम्पन्न उक्त आँखा शिविरमा आँखा सम्बन्धी चेकजाँच गर्दै १ सय ६० जनालाई आवश्यक ड्रप समेत वितरण गरिएको जनाइएको छ ।
महोत्तरी गाउँपालिका र गरिवी न्यूनीकरणको लागि स्वास्थ्य शिक्षा नामक समाजिक सँस्थाकोे आयोजना सुरु भएको तीनदिने कार्यक्रम अन्तर्गत सोमबार दोस्रो दिन सम्पन्न उक्त कार्यक्रममा आँखा सम्बन्धी मोतियाविन्दु जाँच समेत गरिएको हो ।
आईतबार गाृउँपालिकाको वडा नं. ५ र ६ स्थित गौरीगामा स्वाथ्यचौकीमा सम्पन्न भएको थियो भने सोमबार वडा नं. ३ र ४ स्थित मडै स्वास्थ्यचौकीमा सम्पन्न भएको हो । यस्तै कार्यक्रम अन्तिम दिन गाउँपालिकाको वडा नं. १ र २ सनोखरामा सम्पन्न गर्ने गरिवी न्यूनीकरणको लागि स्वास्थ्य शिक्षाका महासचिव राम गोपाल साहले न्यूज ब्यूरोसँग भने ।
शिविर डा. दिपक कुमार साहको नेतृत्वमा ८ जना आँखा रोग विशेषज्ञ चिकित्सकहरुको टोलीले वृहत सेवा प्रदान गरेको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…