सिन्धुलीको भगवति बोर्डिँग स्कूलमा जनकपुरका एक विद्यार्थीको शंकास्पद मृत्यू, घटना दबाउन प्रपँच
अस्पताल पुगेपछि उनको उपचारको क्रममा मृत्यू भएको खवर पाएको जनाइएको छ । रजनीशलाई रक्षाबन्धनमा विदा नदिएपछि उनले आ त्म ह त्या को प्रयास गरेको बताईएको छ । सोही क्रममा रजनीश गम्भिर घाईते भएको परिवारजनको भनाई छ ।

२०८१ भदौ २३ आइतबार, बिहान १०:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरका एक विद्यार्थी सिन्धुलीस्थित भगवति सेकेण्डरी स्कूलमा अध्ययनरत जनकपुरका एक विद्यार्थीको शंकास्पद मृत्यू भएको छ ।
गत भदौ २ गते दिउँसो करिब ३ बजेको समयमा भगवति सेकेण्डरी स्कूलमा अध्ययनरत जनकपुरका रजनीश साहको शंकास्पद मृत्यू भएको हो । कक्षा ८ मा अध्ययनरत साहको शंकास्पद मृत्यू भएको परिवारजनले आरोप लगाएका छन् ।
उनी बेहोस अवस्थामा भेटिएको र उनलाई उपचारको लागि सिन्धुलीकै एक अस्पतालमा भर्ना गरी विद्यालय व्यवस्थापन पक्षले रजनीशको बुवालाई फोन गरी जानकारी गराएको बताईएको छ ।
बुवालाई फोन गरेपछि जाँदै गरेको अवस्थामा विद्यालयको तर्फबाट पुनः फोन गरी उनलाई धुलिखेल अस्पताल रिफर गरिएको जानकारी गराएको थियो । बिहानपथ रक्षाबन्धनको पर्व भएकोले २ गते नै जान सक्ने अवस्था नभएपछि उनीहरु ३ गते गएको थियो ।
अस्पताल पुगेपछि उनको उपचारको क्रममा मृत्यू भएको खवर पाएको जनाइएको छ । रजनीशलाई रक्षाबन्धनमा विदा नदिएपछि उनले आ त्म ह त्या को प्रयास गरेको बताईएको छ । सोही क्रममा रजनीश गम्भिर घाईते भएको परिवारजनको भनाई छ ।
परिवारजनले घटना उचित छानबिन गर्नुपर्ने माग अघि सारेको छ । यता, जिल्ला प्रहरी कार्यालय सिन्धुलीले घटनाको पुष्टि गर्दै सो सन्दर्भमा अनुसन्धान भईरहेको जानकारी गराएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…