सरकार अलमलमा परेर बजेट निर्माण गरेको छः सांसद यादव
न्यूज ब्यूरो | सिरहा, ३ असार । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य तथा सिरहा निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सांसद राजकिशोर यादवले सरकार अलमलमा परेर बजेट निर्माण गरेको बताएका छन् । संघीयता कार्यान्वयनको विकल्प नभएको भन्दै यादवले बजेट तथा मन्त्रालयले कर्मचारीतन्त्रको व्यवस्थापन गर्न नसकेको

२०७५ असार ३ आइतबार, दिउँसो १:३५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
सिरहा, ३ असार । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य तथा सिरहा निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सांसद राजकिशोर यादवले सरकार अलमलमा परेर बजेट निर्माण गरेको बताएका छन् ।
संघीयता कार्यान्वयनको विकल्प नभएको भन्दै यादवले बजेट तथा मन्त्रालयले कर्मचारीतन्त्रको व्यवस्थापन गर्न नसकेको बताए । कर्मचारी व्यवस्थापनबारे बजेट तथा मन्त्रालयले केही नबोलेको उनले बताए ।
संविधानको मर्मअनुरुप जाने हो भने संघीयताको विकल्प नभएको भन्दै उनले संघीयता सफल बनाउन सबै तह लाग्नुपर्ने उहाँको भनाई थियो । कर्मचारीलाई सेवासुविधा थपेर भएपनि प्रदेश तथा स्थानीय तहमा आकर्षित तुल्याउनुपर्ने उनले बताए ।
महिला तथा बालबालिका क्षेत्रमा प्रयाप्त विनियोजन नभएको उनले बताए । त्यस्तै शहरी विकास मन्त्रालयमा पनि आवश्यक बजेट छुट्याउन नसकेको उनले आरोप लगाए । उनले सिरहा जिल्लामा कत्ति पनि बजेट विनियोजन गर्न नसकेको भन्दै दुःख व्यक्त गरेका थिए ।
सिरहामा मेगासिटी तथा व्यवस्थित शहर आवश्यक भएको उनको भनाई थियो । संमृद्व नेपाल, सुखी नेपाली भाषणमा मात्र सीमित हुन सक्नेमा उनले चिन्ता व्यक्त गरेका थिए । सरकार अधिनायकवादतर्फ उन्मुख भएको उनको भनाई थियो । आज चारवटा मन्त्रालयको बजेटबारे छलफल हुँदैछ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…