Close This

अहँकार र घमण्डले मातेपछि यी चारैको करियर चौपट्ट, चारै टिकटोकिया फेरी पुरानै ठाउँमा

२०८१ भदौ १९ बुधबार
बिहान १०:२८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । घमण्ड, अहँकारले विनास निम्त्याएपछि मधेशको चार टिकटोकर्सको करियर डाउनलफल भएको छ । 

अहँकारले मातेकी नृत्याँगना प्रिति पासवान अहिले पुरानै ठाउँमा सिमित भएकी छन् । जहाँबाट सुरु गरेकी प्रिति पासवान पुनः सोही ठाउँमा झरेकी छन् । कतारमा नाच गर्न गएको बेला केही व्यक्तिको उक्साहट र केही रकमको लोभमा धर्मप्रति भद्दा टिप्पणी गरेपछि उनको डाउनफल सुरु भएको थियो । 

हिन्दु धर्मको बारेमा उनले भद्दा टिप्पणी गरेपछि उनका फ्लोवर्स र शुभचिन्तकहरुले उनलाई पुनः पुरानै ठाउँमा पठाइदिएका हुन् । समाजिक सँजालमा सक्रिय रहने प्रिति पासवानको लागि राम्रो टिप्पणी आउँदै गरेकोमा अहिले भद्दा, गालीगलौज, असभ्य टिप्पणी मात्र आउन थालेपछि उनले कमेन्ट अफ गरेर भिडियो हाल्न थालेकी छन् । 

बेईज्जतबाट बच्नको लागि उनले फेसबुक, रिल्समा कमेन्ट अफ (बन्द) गरेर भिडियो हाल्न बाध्य भएकी छन् । उनको कार्यक्रमको सट्टाहरु समेत धमाधम रद्द हुन थालेपछि देखाउनको लागि मात्र पुरानै भिडियोहरु हाल्न थालेकी हुन् । यद्यपी, उनले कमेन्ट सेक्सन अफ गर्नुपरेको छ । उनले सुरु गरेकै ठाउँमा दर्शकहरुले उनलाई पुरानै ठाउँमा पुरयाइदिएका हुन् । 

यस्तै, अश्लिल प्रकारकै नृत्य गरेर चर्चामा आएकी सप्तरीकी निरुता साहको नाचमा करियर नबन्दै साईजमा आएकी हुन् । नाच्न बिदेश गएकी बेला केही रकमको लोभमा ओभरस्मार्टनेस झारेपछि हिन्दु सम्राट सेना र दर्शकले उनलाई पनि तह लगाईएको हो । 

हिन्दु धर्ममाथिको टिप्पणी र मुस्लिमहरुले घरबाट उठाएर ल्याउने जस्ता गैर जिम्मेवारीपूर्ण टिप्पणी गरेपछि उनको डाउनफल भएको हो । उनको समेत कार्यक्रमको सट्टा पाउन छोडेको हो भने सट्टाहरु समेत रद्द भएपछि उनलाई कमाई खान गाह्रो जस्तो भएको छ । 

विभिन्न भिडियो मार्फत उनले सार्वजनिक रुपमा माफी मागेपनि उनलाई माफी भने दिइएको छैन् । हिन्दु सम्राट सेना उनको घरसम्म पुगेपछि उनी केही दिन लुकेर बस्न बाध्य भईन् । अहिले भिडियो पोष्ट गर्दा उनले पनि कमेन्ट अफ गरेर राखनुपरेको अवस्था सृजना भएको छ । उनको भिडियोमा गाली र भद्दा टिप्पणी बाहेक केही हुँदैनन् । उनले पनि जहाँबाट सुरु गरेकी थिईन, दर्शकहरुले उनलाई पुनः सोही ठाउँमा पुरयाईदिएको हो । 

सहयोगकर्तासँग अपशब्द, बदतमिजी र अहँकारपछि सोनम सोनालीको करियर चौपट्ट

अश्लिल गीत, अश्लिल नृत्य र समाजिक रितिरिवाजलाई ओभरटेक गरी टिकटोक प्लेटफर्म मार्फत चर्चामा आएकी महोत्तरीकी सोनम मण्डल र सोनाली मण्डल दिदीबहिनीको करियर नबन्दै खत्तम भएको छ । 

धनुषाको एक दुर्घटनामा परी अस्पतालमा रहेको बेला अँशु महतो बचाउ अभियानबाट लाखौँ रुपैयाँ लिएर गुमसुम भएपछि सहयोगकर्ताहरुले उनलाई पुनः पुरानै ठाउँमा भगाईदिएको हो । रुपैयाँ पचाएर उल्टै सहयोगकर्ताहरुलाई नै गाली गलौज, धाकधम्की, हिसाब माग्नेलाई कुटने धम्की दिएपछि सहयोगकर्ता, उनका शुभचिन्तकहरुले दुवै दिदी बहिनीलाई पुरानै ठाउँमा पुरयाईदिएको हो । 

उनीहरुले भिडियो हालेपछि सयौँ टिप्पणी, प्रशँसा, शुभचिन्ता रहेकोमा अहिले उनको पोष्टमा कमेन्ट आउन छोडेको छ भने आएको कमेन्टमा मात्र गालीगलौज भएपछि उनीहरुको करियर नबन्दै खत्तम भएको छ । यद्यपी, अँशु महतो बच्चाको बचाउ अभियानबाट उनीहरुले लाखौँ रुपैयाँ भने कुम्ल्याउन सफल भईन् । 

उनीहरुले सहयोगलाई नै धन्दा बनाएपछि उनीहरुको करियर चौपट्ट भएको हो । अब उनीहरुले सहयोग मागेपछि मात्र गाली खानुपरेको छ । सहयोगको रुपमा एक रुपैयाँ कोही सहयोग गर्दैनन भने गाली मात्र उनीहरुले खानुपरेको अवस्था सृजना भएपछि उनीहरुको नक्कली करियर पनि चौपट्ट भएको छ । 

उनीहरुको क्रियाकलाप, कर्ततुहरुको न्यूज ब्यूरोले दुईटा मात्र समाचार प्रकाशित गरेपछि उनीहरुको करियर चौपट्ट भएको हो । 

 

 

  • 1%
  • 2%
  • 0%
  • 40%
  • 18%
  • 0%

यसपालिको चुनावमा कुनै पनि हालतमा 'ब्याक' हुन्न, जित्छु पनि सहजै: डा. बिरेन्द्र महतो

  • २०८१ भदौ १९ बुधबार

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको मिति जति-जति नजिकिँदै छ । निर्वाचन क्षेत्रहरूमा नेताहरूको दौडाहा त्यति नै बाक्लिँदो छ । विभिन्न पार्टीका सम्भावित उम्मेदवारहरु गाउँ-गाउँ बस्ती-बस्ती चहारिरहेका छन् ।

पूरा पढ्नुहोस्

Bureau Menus