हिन्दु धर्ममाथि विवादित टिप्पणी गरेपछि प्रिति पासवान, निरुता साहको टीमलाई कसैले दिएन सट्टा

२०८१ भदौ १० सोमबार
बिहान ०८:०९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । विदेशमा नाच गर्न गएको बेला हिन्दु धर्ममाथि विवादित बयान दिएकी नृत्याँगना प्रिति पासवान र निरुता साहको टीमलाई काम पाउन गाह्रो भएको छ । 

कृष्णा जन्माष्टमीसहित हिन्दुहरुको पर्वमा उनीहरुलाई नाचको लागि बोलाउने गरेकोमा हिन्दु सम्राट सेनाको चेतावनीपछि उनीहरुलाई काम दिन छोडिएको हो । यसपाली मधेशको विभिन्न जिल्लामा आयोजन गरिएको कृष्ण जन्माष्टमीको अवसरमा उनीहरुलाई आयोजकले काम दिएका छैनन् । 

विदेश पुगेर हिन्दु सम्राट सेनामाथिको टिप्पणी, हिन्दु धर्मप्रतिको विवादित टिप्पणी गरेपछि उनलाई मधेशको जिल्लाहरुमा सट्टा दिएको छैनन् । उनीहरु यस सिजनमा कामविहिन भएको देखिएको छ । 

हिन्दु सम्राट सेनाले विभिन्न जिल्लाका प्रशासनलाई सँस्कृति कार्यक्रमको नाममा ओरकेष्ट्रा नचाउन नदिने ज्ञापन समेत बुझाएका छन् । साँस्कृतिक कार्यक्रमको नाममा भद्दा गीत, अश्लिल प्रकारको हाउभाउको नाच गर्दै आएका उनीहरुले हिन्दु धर्ममाथिको टिप्पणीलाई भोगिरहेकी छन् । 

केही दिन अगाडी हिन्दु सम्राट सेना निरुता साहको घरमै पुगेर धर्ममाथि यस्ता टिप्पणी गरेको भन्दै जनकारवाही गर्ने चेतावनी दिएपछि उनी डरले केही दिन घर बाहिरै गोप्य वास बसिन् । 

यता, नृत्याँगना प्रिति पासवानले समेत समय समयमा पुनः हिन्दु सम्राट सेनामाथि टिकाटिप्पणी गरेपछि झन विवादमा तानिदै जाँदा उनलाई काम दिन छोडिएको हो । यसपाली उनले अपेक्षाकृत रुपमा सट्टा गर्न पाइनन् । 

मधेशको कुनै जिल्लामा सट्टा गरेको भए सो ठाउँमा पुगेर कार्यक्रम बन्द गराउने हिन्दु सम्राट सेनाले चेतावनी समेत दिएको हो । सो को जिम्मेवारी आयोजकलाई नै हुने र आयोजकलाई समेत जनकारवाहीको चेतावनी दिएको हो । 

  • 63%
  • 5%
  • 4%
  • 1%
  • 0%
  • 1%

जसपाका जिल्ला अध्यक्ष अहिले बच्चा छ, बलियो र कमजोर आउने समयले तय गर्नेछः नेता झा

  • २०८१ भदौ १० सोमबार

न्यूज ब्यूरो्, जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टी एकिकृत समाजवादी पार्टी (नेकपा एस) का नेता रामचन्द्र झाले जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष पशुपति यादवलाई राजनीतिमा बच्चाको सँज्ञा दिएका छन् ।  आईतबार जसपा

पूरा पढ्नुहोस्

Bureau Menus