हिन्दु धर्ममाथि विवादित टिप्पणी गरेपछि प्रिति पासवान, निरुता साहको टीमलाई कसैले दिएन सट्टा
मधेशको कुनै जिल्लामा सट्टा गरेको भए सो ठाउँमा पुगेर कार्यक्रम बन्द गराउने हिन्दु सम्राट सेनाले चेतावनी समेत दिएको हो । सो को जिम्मेवारी आयोजकलाई नै हुने र आयोजकलाई समेत जनकारवाहीको चेतावनी दिएको हो ।

२०८१ भदौ १० सोमबार, बिहान ८:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विदेशमा नाच गर्न गएको बेला हिन्दु धर्ममाथि विवादित बयान दिएकी नृत्याँगना प्रिति पासवान र निरुता साहको टीमलाई काम पाउन गाह्रो भएको छ ।
कृष्णा जन्माष्टमीसहित हिन्दुहरुको पर्वमा उनीहरुलाई नाचको लागि बोलाउने गरेकोमा हिन्दु सम्राट सेनाको चेतावनीपछि उनीहरुलाई काम दिन छोडिएको हो । यसपाली मधेशको विभिन्न जिल्लामा आयोजन गरिएको कृष्ण जन्माष्टमीको अवसरमा उनीहरुलाई आयोजकले काम दिएका छैनन् ।
विदेश पुगेर हिन्दु सम्राट सेनामाथिको टिप्पणी, हिन्दु धर्मप्रतिको विवादित टिप्पणी गरेपछि उनलाई मधेशको जिल्लाहरुमा सट्टा दिएको छैनन् । उनीहरु यस सिजनमा कामविहिन भएको देखिएको छ ।
हिन्दु सम्राट सेनाले विभिन्न जिल्लाका प्रशासनलाई सँस्कृति कार्यक्रमको नाममा ओरकेष्ट्रा नचाउन नदिने ज्ञापन समेत बुझाएका छन् । साँस्कृतिक कार्यक्रमको नाममा भद्दा गीत, अश्लिल प्रकारको हाउभाउको नाच गर्दै आएका उनीहरुले हिन्दु धर्ममाथिको टिप्पणीलाई भोगिरहेकी छन् ।
केही दिन अगाडी हिन्दु सम्राट सेना निरुता साहको घरमै पुगेर धर्ममाथि यस्ता टिप्पणी गरेको भन्दै जनकारवाही गर्ने चेतावनी दिएपछि उनी डरले केही दिन घर बाहिरै गोप्य वास बसिन् ।
यता, नृत्याँगना प्रिति पासवानले समेत समय समयमा पुनः हिन्दु सम्राट सेनामाथि टिकाटिप्पणी गरेपछि झन विवादमा तानिदै जाँदा उनलाई काम दिन छोडिएको हो । यसपाली उनले अपेक्षाकृत रुपमा सट्टा गर्न पाइनन् ।
मधेशको कुनै जिल्लामा सट्टा गरेको भए सो ठाउँमा पुगेर कार्यक्रम बन्द गराउने हिन्दु सम्राट सेनाले चेतावनी समेत दिएको हो । सो को जिम्मेवारी आयोजकलाई नै हुने र आयोजकलाई समेत जनकारवाहीको चेतावनी दिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…