जनकपुर अञ्चल अस्पताल मेसु काण्डमा पक्राउ परेकाहरु २५ हजार धरौटीमा रिहा
न्यूज ब्यूरो | जनकपुरधाम, १ असार । जनकपुर अञ्चलअ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट काण्डमा पक्राउ परेका पाँचै जना युवाहरुलाई आज रिहा गरिएको छ । गत २७ गते जनकपुर अञ्चल अस्पतालमा चिकित्सकको लापरवाहीले एक सुत्केरीको मृत्यू भएपछि आन्दोलित भएका युवाहरुले अस्पताल सुधारको लागि ज्ञापन पत्र बुझाउन जाँदा मेसु उ

२०७५ असार १ शुक्रबार, दिउँसो ४:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, १ असार । जनकपुर अञ्चलअ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट काण्डमा पक्राउ परेका पाँचै जना युवाहरुलाई आज रिहा गरिएको छ ।
गत २७ गते जनकपुर अञ्चल अस्पतालमा चिकित्सकको लापरवाहीले एक सुत्केरीको मृत्यू भएपछि आन्दोलित भएका युवाहरुले अस्पताल सुधारको लागि ज्ञापन पत्र बुझाउन जाँदा मेसु उपर कालोमोसो समेत भएको थियो ।
कालोमोसोपछि जिल्ला प्रहरी कार्यालय धनुषाले नेपाली काँग्रेसका भातृ सँगठन तरुण दलका धनुषा जिल्ला उपाध्यक्ष एवम युवा नेता राकेश विक्रम साह सहित अमित पाठक, अखिल मधुकर्णी, रमेश यादव र विजय महता लगायतलाई पक्राउ गरी सार्वजनिक अपराधका मुद्दा लगाएका हुन् ।
सार्वजनिक अपराध मुद्दामा गत जेठ २८ गतेदेखि नै प्रहरी हिरासतमा रहेका पाँचै जना युवाहरुले अस्पताल सुधारको माग गर्दै जिल्ला प्रहरी कार्यालय धनुषाको प्रहरी हिरासतभित्रै अनसन समेत बसेका थिए ।
जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्ला अदालत चढाएपछि उनीहरुलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गरिएको जनाइएको छ ।
रिहाईपछि जनकपुरको जनकचोकमा मिलन सभा गर्दै उनीहरुले जनकपुर अञ्चल अस्पताल कुनै एक जातको नभएको तथा हरेक वर्ग र हरेक जातजाती उपचारको लागि आउने गरेकोले सुधारको लागि थालिएको आन्दोलनलाई जातीय राजनीति सँग नजोडन आग्रह गरेका छन् ।
मिलन सभामा बोल्दै तरुण दल धनुषाका उपाध्यक्ष राकेश विक्रम साहले अञ्चल अस्पताल प्रणाली सुधार र सेवा सुविधा तथा लापरवाही सुधारको लागि आफूहरुले आन्दोलनको सुरुवात गरिसकेकोले सुधार नहुन्जेल आन्दोलन जारी राख्ने बताएका छन् ।
उनीहरु पक्राउ परेका बेला राजपाका युवा सँगठनले नेपाली काँग्रेसको उक्साहटमा काँग्रेसकै एक गुटले मेसु यादव उपर दुरव्यवहार गरेको बताउँदै आएका छन ।
यता, राजपाकै केही युवाहरुले युवाहरुको ती आन्दोलनलाई राजनीतिक पार्टीबाट उठेर सहयोग समेत गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…