Close This

हिन्दु सम्राट सेना र ओरकेष्ट्रा नचनियाहरुबीच वाकयुद्ध, मधेश र विदेशमा स्टेज शो हुन नदिने

२०८१ श्रावण २३ बुधबार
दिउसो ४:५९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । हिन्दु सम्राट सेना र ओरकेष्ट्रा नचनियाँहरुबीच साईबर युद्ध सुरु भएको छ । 

समाजिक सँजालमा एकपछि अर्को भिडियोहरु पोष्ट गर्दै ओरकेष्ट्रामा काम गर्ने सप्तरीकी निरुता साह, पर्साकी पिरती पासवान र अन्य नचनियाँहरुले धर्मलाई जा्ेडेर भिडियो बनाएपछि हिन्दु सम्राट सेना तातिएको हो । 

कतारमा ओरकेष्ट्रा नाच्न गएकी नचनियाँहरुको टीमले साँस्कृतिक कार्यक्रमको नाममा भल्गर नृत्य गरेपछि हिन्दु सम्राट सेनाकी लक्ष्मी साहले भिडियो मार्फत यस्तो नगर्न चेतावनी दिएकी थिईन् । त्यसपछि सुरु भएको साईबर वारले अहिले समाजिक सँजाल तातिएको छ । 

एकातर्फ हिन्दु सम्राट सेनाका पदाधिकारी, समर्थक रहेका छन् भने अर्का तर्फ नचनियाँद्धय साह र पासवान लडिरहेकी छन् । उनीहरुको तर्फबाट मुस्लिम समुदायका केही युवकहरुले उक्साएको बताईन्छ । रकम दिएर भिडियो बनाउन लगाएको आरोप छ । 

नाच्न कतार पुगेकी नचनियाँहरुले हिन्दु सम्राट सेनाकी लक्ष्मी साहलाई तथानाम भन्दै हिन्दु मुस्लिम गरेको भन्दै मुस्लिम देशबाट हिन्दुहरुलाई निकालाको कुरा गरेपछि समाजिक सँजाल तातिएको हो । यद्यपी, यो बोल्नको लागि एक भिडियोमा पछाडी देखिएका मुस्लिम समुदायका एक पुरुष भने उक्साएको देखिएको छ । 

वैदेशिक रोजगारीमा गएका युवकहरु समेतले नचनियाद्धयको कार्यक्रम अब कहिले पनि सउदी, कतार वा अन्य ठाउँमा हुन नदिने अडान लिएको हो । विदेश बस्ने मधेशी समुदायका युवकहरुले हिन्दु सम्राट सेना, हिन्दु धर्मप्रति विवादित बयान दिएपछि उनीहरुलाई अब स्टेज शोको लागि नबोलाउने निर्णय गरेको हो । 

यता, मधेशको विभिन्न जिल्लाहरुमा समेत हिन्दु सम्राट सेना र उनका समर्थकहरुले उनीहरुको स्टेज शो हुन नदिने कम्मर कसेका छन् । अब आउन लागेको विभिन्न चार्डपर्वमा उनीहरुको कार्यक्रम कुनै पनि हालतमा हुन नदिन निर्णय गरेको हो । उनीहरुको वाकयुद्धले समाजिक सँजाल तातिएको छ । 

विभिन्न अभिनय गर्ने कलाकारलाई तराई मधेशको ग्रामिण भेकमा नचनियाँ भनेर सम्बोधन गरिन्छ । नटुवा, नाच र नचनियाँ कलाकारको पर्यावाची भनिएको छ । 

  • 3%
  • 34%
  • 0%
  • 0%
  • 0%
  • 3%

Why Men rape?

  • २०८१ श्रावण २३ बुधबार

In 1976, Samuel D. Smithyman published a strange advertisement in a newspaper throughout Los Angeles. Are you a rapist? He was searching for rapists for his research. He was waiting for his

पूरा पढ्नुहोस्

Bureau Menus