जानकी मेडिकल कलेजमा चर्कियो आन्दोलन, गाडी तोडफोड सहित टायर बाल्दै प्रदर्शन !
न्यूज ब्यूरो | जनकपुरधाम, १ असार । पटक पटक विवादित हुँदै आएका धनुषाको जानकी मेडिकल कलेजमा पुनः आन्दोलन चर्किएको छ । धनुषाको रमदैया स्थित रहेको जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा अध्ययनरत विद्यार्थीहरु नियमित पठनपाठनको माग गर्दैै आन्दोलनमा उत्रेका हुन् । पटक पटक अस्पताल कर्मचारीको आन्दोलनले अन्यौल हु

२०७५ असार १ शुक्रबार, दिउँसो ३:३८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, १ असार । पटक पटक विवादित हुँदै आएका धनुषाको जानकी मेडिकल कलेजमा पुनः आन्दोलन चर्किएको छ ।
धनुषाको रमदैया स्थित रहेको जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा अध्ययनरत विद्यार्थीहरु नियमित पठनपाठनको माग गर्दैै आन्दोलनमा उत्रेका हुन् ।
पटक पटक अस्पताल कर्मचारीको आन्दोलनले अन्यौल हुँदै आएका पठनपाठन यसपाली कलेजका व्यवस्थापक नै फरार भएपछि अवस्था गम्भिर बनेपछि विद्यार्थीहरु
आन्दोलित भएका हुन् ।
गएको वैशाख २३ गतेदेखि कलेज तथा अस्पतालमा कार्यरत साढे ४ सय कर्मचारी बाँकी बक्यौता तलबभत्ता माग गर्दै अनिश्चितकालीन कलेज तथा अस्पालको पठनपाठनसहित सबै सेवा ठप्प गरेर आन्दोलनमा उत्रेका छन् ।
कलेजमा एमबीबीएस अन्तिम वर्षमा अध्ययनरत्त ६५ जना विद्यार्थी प्रयोगात्मक परीक्षाबाट समेत बञ्चित भएपछि उनीहरु आन्दोलित भएका हुन् । 
विद्यार्थीहरुको प्रयोगात्मक परीक्षाको समय गएको वैशाख ८ गते थियो । कर्मचारीहरुको आन्दोलनको कारण परीक्षा अनिश्चित समयका लागि स्थगित भएको थियो ।
परीक्षाबाट समेत बञ्चित अन्तिम वर्षका विद्यार्थीहरुले आफूहरुको भविष्य नै धरापमा पारेर व्यवस्थापन समेत फरार भएपछि बाध्य भएर शुक्रबारदेखि आन्दोलनमा उत्रेको बताएका छन् ।
उनीहरुले बिहानै जानकी मेडिकल कलेजको मूलद्वारमा टायर बालेर प्रदर्शन गर्नुको साथै कलेजको ज १ त ३२७ नम्बरको बसमा समेत तोडफोड गरेका छन् ।
सम्बन्धीत निकायहरुले ध्यान नदिँदा त्यहाँ अध्ययनरत साढे ३ सय विद्यार्थीको भविष्य संकटमा परेको छ ।
मेडिकल पढन ठुलो आसा लिएर आएका बाहिरका विद्यार्थीहरुको चिकित्सकको भविष्य समेत अन्यौल भएको छ । लाखौँ रुपैयाँ तिरेर डाक्टरी पढन आएका विद्यार्थीहरु अध्ययन अध्यापनको कुनै ठेगान नै नरहेपछि बाध्य भएर आन्दोलित भएका हुन् ।
हुनतः त्यस कलेजका विद्यार्थीहरु निरन्तर आन्दोलन गर्दै आएका छन् ।
जानकी मेडिकल कलेज समयमै व्यवस्थाप नभए सयौँ विद्यार्थीको भविष्य डुब्ने खतरा रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…