
न्यूज ब्यूरो, जनकपुरधाम । दर्जनौ शास्त्रीय गीतमा आफ्नो सुमधुर स्वर सजाएका मधेशका वरिष्ठ शास्त्रीय गायक गुरुदेव कामतको असमायिक निधन भएको छ ।
कामतको निधनले मधेशको साँगितिक क्षेत्रमा अपूर्णिय क्षति भएको छ । उनलाई मधेश मिथिलामा वरिष्ठ शास्त्रीय सँगीतकार, गायकको रुपमा चिनिन्छ । दर्जनौ शास्त्रीय सँगीतमा आफ्नो सँगीत समेत सजाएका कामतको विहिबार असमायिक निधन भएको हो ।
“उठु यौ मैथिल भेलै भोर” लगायत दर्जनौ गीतमा आफ्नो स्वर सँगीत भरेका कामतको असमायिक निधनपछि गायक, सँगीतकारहरुमा निराशा छाएको छ । गुरुदेव कामतलाई मधेशको आन, बान र शान मानिन्छ । उनलाई आलापको राजा भनेर समेत सम्बोधन गरिन्छ ।
गुरुदेव कामत नेपाली भाषाको गीतमा समेत आफ्नो स्वर र सँगीत सजाएका हुन् ।
उहाँको केही मैथिली गीतहरु सुन्नुहोस् ।
रुद्रसेन विश्वकर्मा र समिक्षाको 'होली सररर' मा आर्यन सिँग्देल र बिना राउतको रोमान्स
- २०८१ श्रावण १७ बिहीबार
न्यूज ब्यूरो, जनकपुरधाम । गायक रुद्रसेन विश्वकर्माले होली विशेष नयाँ गीत ‘होली सररर’ सार्वजनिक गरेका छन् । उक्त गित बिहीबार युट्युबमा रिलिज गरिएको हो । गायकले गायिका समीक्षा अधिकारीसँग मिलेर गाएको
पूरा पढ्नुहोस्