जनकपुरः रेलमा छिनियो युवकको दुवै खुट्टा !

२०८१ श्रावण १२ शनिबार
दिउसो १२:३१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । नेपालको एक मात्र जयनगर–बर्दिवास रेल्वेमा एक युवकको दुवै खुट्टा कटेको छ । 

शनिबार (आज) करिब ११ः१५ बजेको समयमा धनुषाको खजुरीस्थित रेलमा दुवै खुट्टा कटेको हो । जयनगरबाट जनकपुरधामतर्फ आउँदै गरेको रेल खजुरी स्टेशनदेखि करिब ३०० मिटर पश्चिम महुवा पटरीस्थित दुर्घटना भएको हो । 

रेलको छेउबाट हिँडिरहेका जनकनन्दिनी गाउँपालिका वडा नं. ३ महुवा बस्ने स्थानीय मिश्री दासको अन्दाजी ३५ बर्षिय छोरा श्रीराम दास अचानक रेलतिरै भाग्न खोज्दा दुवै खुट्टा कटेको हो । 

महुवास्थित रेलेको छेउबाट हिडने बाटो भएकोले रेलले पटक पटक हर्न दिँदै आएको थियो । नजिकमा आएर समेत हर्न दिएपछि उनले कन्फूज भएर रेलतिरै दौडिँदा उनको खुट्टा भएर रेल गुज्रेपछि दुवै खुट्टा छिनिएको रेल विभागका प्रहरी नायब उपरिक्षक (डिएसपी) प्रवक्ता दयाराम पौडेलले जानकारी दिए । 

दासको उपचारको लागि तत्कालै जनकपुर प्रादेशिक अस्पताल ल्याईएको हो । उनको दुवै खुट्टा छिनिएको हो । 

 
  • 12%
  • 1%
  • 1%
  • 3%
  • 81%
  • 2%

लामा नङ पालेर मधेशको नाम उच्च पार्छु : यादव

  • २०८१ श्रावण १२ शनिबार
  • न्यूज ब्यूरो, नेपाल

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर-२ को अस्थायी राजधानी जनकपुरका एक युवकले आफ्नो नँग (नौह) बाट पहिचान स्थापित गर्ने धोको राखेका छन् । जनकपुरधाम उपमहागनरपालिका वडा नं. १७ कनकपट्टि बस्ने दिनेश

पूरा पढ्नुहोस्

Bureau Menus