जनकपुरः ओभर स्पीड मोटरसाईकलले किशोरलाई उडायो, बाटोमै मृत्यू
सो दुर्घटनामा शहिदनगर नगरपालिका वडा नं. ३ यदुकूहा बस्ने मकसुद आलमको छोरा १९ बर्षिय असरफ आलम गम्भिर घाईते भएका छन् । मोटरसाईकल चालक रहेका आलम समेत गम्भिर घाईते भएका छन् । उनको उपचार जनकपुरमा भईरहेको प्रहरीले जनाएको छ ।

२०८१ साउन ८ मंगलबार, बिहान १०:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा ओभर स्पीडको मोटरसाईकलले साईकल यात्रीलाई ठक्कर दिँदा मृत्यू भएको छ ।
धनुषाको शहिदनगर नगरपालिका वडा नं. ३ यदुकूहास्थित महिनाथपुर–बीरेन्द्रबजार सडकखण्डमा यदुकूहाबाट हठिपुरतर्फ गईरहेको साईकल यात्रीलाई पछाडीबाट आएको मोटरसाईकलले उडाएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, सोमबार साँझ करिब ६ः४५ बजेको समयमा तीव्र गतिमा रहेको मधेश प्रदेश ०२–००६ प ८५७५ नम्बरको मोटरसाईकलले सोही दिशातर्फ गईरहेको साईकललाई ठक्कर दिएपछि गम्भिर घाईते भएका थिए । सो दुर्घटनामा साईकल चालक शहिदनगर नगरपालिका वडा नं. ४ ननुपट्टि बस्ने अब्दुल राईनको १८ बर्षिय छोरा अख्तर राईनको मृत्यू भएको हो ।
अत्यधिक गतिमा रहेको मोटरसाईकलले पछाडीबाट ठोकेर अख्तरलाई उडाएको प्रत्यक्षदर्शीहरुले जनाएको छ । दुर्घटना हुँदा गम्भिर घाईते भएका अख्तरलाई उपचारको लागि जनकपुर लैजाँदै गर्दा बाटोमै मृत्यू भएको प्रहरीले जनाएको छ ।
सो दुर्घटनामा शहिदनगर नगरपालिका वडा नं. ३ यदुकूहा बस्ने मकसुद आलमको छोरा १९ बर्षिय असरफ आलम गम्भिर घाईते भएका छन् । मोटरसाईकल चालक रहेका आलम समेत गम्भिर घाईते भएका छन् । उनको उपचार जनकपुरमा भईरहेको प्रहरीले जनाएको छ ।
यता, मृतक राईनको शव पोष्टमार्टमको लागि जनकपुर प्रादेशिक अस्पतालमा राखिएको छ । पोष्टमार्टमपछि शव परिवारजनलाई जिम्मा लगाउने बताईएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…