नयाँ प्रधानमन्त्रीको सपथ लगत्तै निगमले बढायो पेट्रोल र डिजेलको मूल्य

२०८१ असार ३२ सोमबार
रति ९:२५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।   नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ ।

सोमबार बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाउने निर्णय गरेको हो । निगमका अनुसार बढेको मूल्य सोमबार राति १२ बजेदेखि कार्यान्वयन हुनेछ ।

मूल्यवृद्धिपछि पेट्रोलको मूल्य चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर प्रतिलिटर १६८ पुगेको छ । सुर्खेत र दाङ वरपर १७० र काठमाडौं, पोखरा र दिपायल वरपर प्रतिलिटर १७१ पुगेको छ ।

डिजेल र मट्टितेलको मूल्य चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर प्रतिलिटर १५७ पुगेको छ । सुर्खेत र दाङ वरपर १५९ र काठमाडौं, पोखरा र दिपायल वरपर प्रतिलिटर १६० पुगेको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

कमला नगरपालिका: मन्त्रालयको बजेटमा फर्जी उपभोक्ता समिति, योजनाको चिठ्ठी बेच्दै एमालेका नेता

  • २०८१ असार ३२ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकामा एमालेका नेताहरुले योजनाको चिठ्ठी विक्री गरिरहेको पाईएको छ ।  आफ्नो निर्वाचन क्षेत्र पर्ने नेताहरुले भौतिक पूर्वाधार मन्त्रालयबाट योजनाको चिठ्ठी लिएर कमिशन लिँदै वितरण

पूरा पढ्नुहोस्

Bureau Menus