न्यूज ब्यूरो, जनकपुरधाम । स्थानीय सरकार गठन भएको ७ बर्षपछि कमला नगरपालिकाले असारमै बजेट ल्याएको छ । यसअघि पटक पटक रातोघेरामा पर्दै आएको पूर्वी धनुषाको कमला नगरपालिका यसपाली असारमै बजेट ल्याउन सफल भएको हो ।
चालु आर्थिक बर्षको अन्तिमसम्म विकास निर्माणको कार्य गर्न नसकेको कमला नगरपालिकाले बजेट भने समयमै ल्याउन सफल भएको हो । यसको लागि नगरपालिकाका जनप्रतिनीधिहरुको लगन र सहमतिले सम्भव भएको हो । नगरपालिकाका कर्मचारीहरुले समेत समन्वय गरेपछि कमला नगरपालिकाले समयमै बजेट ल्याउन सफल भएको हो ।
कमला नगरपालिकाले आगामी आर्थिक बर्ष २०८१/०८२ को लागि ४६ करोड ७२ लाख ७९ हजार रुपैयाँको कुल बजेट ल्याएको हो । जसमा समानिकरण अनुदान तर्फ ११ करोड ५७ लाख रुपैयाँ, सशर्त अनुदान तर्फ १६ करोड ७६ लाख ६६ हजार रुपैयाँ पाएको हो ।
सशर्त अनुदान पुँजीगत तर्फ २ करोड ४९ लाख रुपैयाँ, समपूरक अनुदान तर्फ १ करोड, राजस्व बाँडफाँड तर्फ १० करोड ७४ लाख बजेट राखिएको हो ।
यस्तै, मधेश प्रदेश सरकारको तर्फबाट समानिकरण अनुदानमा ८३ लाख ६३ हजार, सशर्त तर्फ ९५ लाख, समपूरक अनुदानतर्फ २० लाख, विशेष अनुदानतर्फ ३० लाख रुपैयाँ गरी कुल ४६ करोड ७२ लाख ७९ हजार बजेट ल्याएको हो ।
यसपाली वडास्तरीय सिलिँग प्रति वडा ७० लाख रुपैयाँ छुटयाइएको हो । चालु आर्थिक बर्षको (आल्या) बाहेकको रकम समेत जोडिने भएपछि ७० करोड बढीको बजेट चल्ने लेखा अधिकृत सँजीव कुमार महतोले जानकारी दिए ।
महतोका अनुसार, यसपालीको नीतिमा नगरपालिकाभित्र सँचालनमा रहेका व्यवसाय, व्यवसायीहरुलाई करदको दायरामा ल्याएर सोही अनुसार सेवा सुविधा समेत दिने बताए । उनले आन्तरिक राजस्व कार्यालयमा राजस्व बुझाउने व्यवसायीलाई नगरपालिकामा दर्ता गरी राजस्व नगरपालिकामै बुझाउने गरी व्यवस्था मिलाउने बताए ।
नगर प्रमुख विशेश्वर यादवको विशेष पहल, वडाध्यक्षहरुको सहमति र पहलकदमीमा उपमेयर शिलादेवी मण्डलले सहमति जनाएपछि नगरसभा पारित भएको हो । यसपाली चालु आर्थिक बर्षको केही महिनादेखि योजनाहरु सँचालन गर्ने योजना रहेको योजना शाखा प्रमुख वीरेन्द्र सढानले जानकारी दिए ।
नगरसभाको लागि नेपाली काँग्रेसका धनुषा निर्वाचन क्षेत्र नं. २ का प्रतिनीधिसभा सदस्य रामकृष्ण यादव प्रमुख अतिथिको रुपमा मेयर उपमेयरको विवाद मिलाउन आग्रह गरे । सो क्रममा मेयर यादवले बजेट तथा नीति कार्यक्रम प्रस्तुत गरेका थिए ।
नगरसभामा नगरपालिकाका सम्पूर्ण वडाध्यक्ष, कर्मचारीहरुको उपस्थिति रहेको थियो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सँतोष मिश्रको विशेष आतिथ्यमा ईलाका प्रहरी कार्यालय खजुरी, सशस्त्र प्रहरी बल खजुरी (बिओपी)का ईन्चार्जसहितको सहभागीता रहेको थियो ।
धनुषाको हुलाकी सडकमा मोसा दुर्घटना, दुई युवक गम्भिर !
- २०८१ असार २३ शनिबार
न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकास्थित मोटरसाईकल दुर्घटना हुँदा एक युवकको अवस्था नाजुक भएको छ । उनको टाउकोमा गम्भिर भोट लागेर टाउको फुटदा अत्यधिक रगत बगेको छ । भारतीय
पूरा पढ्नुहोस्