मेसु काण्डमा पक्राउ परेका युवाहरु प्रहरी हिरासतमै थाले अनसन
न्यूज ब्यूरो | जनकपुरधाम, ३१ जेठ । जनकपुर अञ्चल अस्पतालका मेसु डा. राम परीक्षण यादव उपर भएको मसी काण्डमा पक्राउ गरिएका युवाहरु प्रहरी हिरासतभित्रै अनसन थालेका हुन् । जनकपुर अञ्चल अस्पतालमा चिकित्सकको लापरवाहीको कारण एक सुत्केरीको मृत्यू भएपछि आन्दोलित भएका युवाहरुलाई प्रहरीले पक्राउ गरी हिरासतमा राख

२०७५ जेठ ३१ बिहीबार, दिउँसो १:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, ३१ जेठ । जनकपुर अञ्चल अस्पतालका मेसु डा. राम परीक्षण यादव उपर भएको मसी काण्डमा पक्राउ गरिएका युवाहरु प्रहरी हिरासतभित्रै अनसन थालेका हुन् ।
जनकपुर अञ्चल अस्पतालमा चिकित्सकको लापरवाहीको कारण एक सुत्केरीको मृत्यू भएपछि आन्दोलित भएका युवाहरुलाई प्रहरीले पक्राउ गरी हिरासतमा राख्दै सार्वजनिक अपराधको मुद्दा लगाएपछि जनकपुरका युवाहरु आन्दोलित भएका छन् ।
प्रहरी हिरासतमा रहेका तरुण दलका धनुषा जिल्ला उपसभापति राकेश विक्रम साह सहित अमित पाठक, विजय मेहता, रमेश यादव र अखिल मणिक सहितका ५ जनालाई पक्राउ गरेको हो ।
पाँचैजनालाई रिहाईको माग गर्दै विभिन्न विद्यार्थी सँगठनले बुधबारदेखि आन्दोलन चर्काएका छन् भने हिरासतमै पाँजै जना अनसनमा बसेका छन्।
जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राम परीक्षण यादवलाई युवारुले कालोमोसो दलेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरी सार्वजनिक अपराधका मुद्दा लगाएका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…