पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढयो

२०८१ असार १८ सोमबार
बिहान १०:२९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ ।

इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा लिटरको दुई रुपैयाँ तथा डिजेल र मट्टीतेलमा लिटरको पाँच रुपैयाँले भाउ बढाएको निगमले जनाएको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत छ ।

भाउ बढेपछि अब पहिलो वर्गअन्तर्गत पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य लिटरको एक सय ६४ रुपैयाँ ५० पैसा कायम भएको छ । त्यसैगरी डिजेल र मट्टीटेलको मूल्य लिटरको एक सय ५४ रुपैयाँ ५० पैसा पुगेको छ ।

दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको एक सय ६६ रूपैयाँ तथा डिजेल र मट्टीतेल लिटरको एक सय ५६ रूपैयाँ पर्नेछ । तेस्रो वर्गअन्तर्गत पर्ने काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको एक सय ६७ रूपैयाँ तथा डिजेल र मट्टीतेल भाउ लिटरको एक सय ५७ रूपैयाँ पुगेको छ ।

  • 5%
  • 13%
  • 1%
  • 1%
  • 1%
  • 59%

मर्न उक्साएको आरोपमा पूर्व वडाध्यक्ष यादव पक्राउ 

  • २०८१ असार १८ सोमबार

न्यूज ब्यूरो, जलेश्वर । महोत्तरी जिल्लाको सोनमा गाउँपालिकाका पूर्ववडाध्यक्ष राजदेव यादवलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । सोनमा गाउँपालिकाको वडा नम्बर ८ का पूर्ववडाध्यक्ष राजदेव यादवलाई ज्यान मार्ने मुद्दामा पक्राउ गरिएको

पूरा पढ्नुहोस्

Bureau Menus