गणेशमान चारनाथ नगरपालिकाले ल्यायो ६२ करोड बढीको बजेट
नगरसभाको लागि प्रमुख प्रशासकीय अधिकृत रँजीत यादवको विशेष आतिथ्य रहेको थियो । नगरको सम्पूर्ण कर्मचारी, विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनीधि, समाजिक अगुवा, समाजसेवी, बुद्धिजीवी, सँचारकर्मी, अधिकारकर्मीहरुको सहभागीता रहेको थियो ।

२०८१ असार १० सोमबार, राति ९:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषाको गणेशमान चारनाथ नगरपालिकाले आगामी आर्थिक बर्ष २०८१/०८२ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ ।
सोमबार सम्पन्न नगरपालिकाकाले १३ औँ नगरसभाबाट आगामी आर्थिक बर्षको लागि कुल ६२ करोड ६३ लाख ४५ हजार रुपैयाँको बजेट ल्याएको हो ।
“आउ जुटौ एकैसाथ, बनाउ समृद्ध र सबल नगर गणेशमान चारनाथ” मूल नाराको साथ सम्पूर्ण जनप्रतिनीध, कर्मचारी र कार्यपालिका सदस्यहरुको सर्वसम्मतले बजेट ल्याइएको नगर प्रमुख जीतनारायण यादवले जानकारी दिए ।
मेयर यादवका अनुसार, सरकारको नम्स अनुसार असार १० गतेभित्र बजेट ल्याई सक्नुपर्नेमा सोही अनुसार जनप्रतिनीधिहरुसँग, कर्मचारीहरुसँगको पूर्ण समन्वयले समयमै नगरसभा गरी बजेट ल्याउन सफल भएको हो ।
नगरकी उपमेयर तुलसा पाण्डेले सो बजेट प्रस्तुतिकरणको लागि सहयोग गरेकी थिइन् भने मेयर यादबले प्रस्तुतीकरण गरेका थिए । शिक्षामा सबभन्दा अधिक बजेटिकरण गरिएको उपमेयर पाण्डेले बताइन् । उनका अनुसार, शिक्षालाई प्राथमिकतामा राखेर बजेट ल्याइएको छ । यसपछि स्वास्थ्यलाई प्राथमिकतामा राखेर तेस्रो नम्बरमा भौतिक पूर्वाधार तर्फ बजेटिकरण गरिएको उनले थपिन् ।
आर्थिक बर्ष २०८१/०८२ को लागि चालु तर्फ ३४ करोड २७ लाख ३० हजार र पूजीगँत तर्फ २८ करोड २६ लाख १५ हजार गरी कुल ६२ करोड ६३ लाख ४५ हजारको बजेट ल्याइएको लेखा अधिकृत शिवनारायण साहले बताए । लेखा अधिकृत साहका अनुसार जनप्रतिनीधिको नीति कार्यक्रम अनुसार नै बजेट अनुमान गरिएको हो ।
नगर प्रमुख यादवको अध्यक्षतामा भएको १३ औँ नगरसभाको लागि नेपाली काँग्रेसका नेता आनन्द प्रसाद ढुँगाना, मधेश प्रदेशकी पूर्वमन्त्री सुनिता यादव, प्रदेश साँसद सँजय महतोको विशिष्ट आतिथ्यमा नगरसभा गरिएको हो ।
नगरसभाको लागि प्रमुख प्रशासकीय अधिकृत रँजीत यादवको विशेष आतिथ्य रहेको थियो । नगरको सम्पूर्ण कर्मचारी, विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनीधि, समाजिक अगुवा, समाजसेवी, बुद्धिजीवी, सँचारकर्मी, अधिकारकर्मीहरुको सहभागीता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…