धनुषाको विदेह नगरपालिकाले ल्यायो ६० करोड बजेट

२०८१ असार ११ सोमबार
रति ८:५५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाले ६० करोड बढीको बजेट ल्याएको छ । 

सोमबार सम्पन्न आठौँ नगरसभाबाट नगरपालिकाले आर्थिक बर्ष २०८१ ०८२ को लागि कुल ६० करोड ३ लाख १८ हजार रुपैयाँको बजेट ल्याएको हो । 

“कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन र व्यापारको अभिभारा आत्म निर्भर सुन्दर र समृद्ध विदेह” मूल नाराको साथ ल्याइएको बजेटमा सबभन्दा अधिक बजेट कृषिमा छुटयाइएको हो । 

कृषि विद्युतिकरणको लागि नगरपालिकाले ३ करोड रुपैयाँ छुटयाएको हो । मात्र विद्युतिकरणको लागि ३ करोडसहित कृषिको लागि अन्य शिर्षककमा करोडौँको बजेट ल्याएको हो । 

विदेह नगरपालिकाका नगर प्रमुख बेचन दासको अध्यक्षता तथा धनुषा निर्वाचन क्षेत्र नं. २ (क) बाट निर्वाचित प्रदेश साँसद लखन दासको प्रमुख आतिथ्यमा सम्पन्न नगरसभाबाट सो बजेट ल्याइएको हो । 

नगरपालिकाकाकी उपमेयर आसा देवी झा,  अधिकृत श्याम सुन्दर साहको विशेष आतिथ्यमा भएको नगरसभामा ९ वटै वडाका वडाध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्यसहित विभिन्न दलका प्रतिनीधि, कर्मचारीहरुको सहभागीता रहेको थियो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

 मिर्चैयामा जन सेवा युवा कल्बद्वारा रक्तदान सम्बन्धी जनचेतना कार्यक्रम समपन्न

  • २०८१ असार ११ सोमबार

न्यूज ब्यूरो, सिरहा। रगतविनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । स्व–इच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ । आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो ।

पूरा पढ्नुहोस्

Bureau Menus