धनुषाको विदेह नगरपालिकाले ल्यायो ६० करोड बजेट
नगरपालिकाकाकी उपमेयर आसा देवी झा, अधिकृत श्याम सुन्दर साहको विशेष आतिथ्यमा भएको नगरसभामा ९ वटै वडाका वडाध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्यसहित विभिन्न दलका प्रतिनीधि, कर्मचारीहरुको सहभागीता रहेको थियो ।

२०८१ असार १० सोमबार, राति ८:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाले ६० करोड बढीको बजेट ल्याएको छ ।
सोमबार सम्पन्न आठौँ नगरसभाबाट नगरपालिकाले आर्थिक बर्ष २०८१ ०८२ को लागि कुल ६० करोड ३ लाख १८ हजार रुपैयाँको बजेट ल्याएको हो ।
“कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन र व्यापारको अभिभारा आत्म निर्भर सुन्दर र समृद्ध विदेह” मूल नाराको साथ ल्याइएको बजेटमा सबभन्दा अधिक बजेट कृषिमा छुटयाइएको हो ।
कृषि विद्युतिकरणको लागि नगरपालिकाले ३ करोड रुपैयाँ छुटयाएको हो । मात्र विद्युतिकरणको लागि ३ करोडसहित कृषिको लागि अन्य शिर्षककमा करोडौँको बजेट ल्याएको हो ।
विदेह नगरपालिकाका नगर प्रमुख बेचन दासको अध्यक्षता तथा धनुषा निर्वाचन क्षेत्र नं. २ (क) बाट निर्वाचित प्रदेश साँसद लखन दासको प्रमुख आतिथ्यमा सम्पन्न नगरसभाबाट सो बजेट ल्याइएको हो ।
नगरपालिकाकाकी उपमेयर आसा देवी झा, अधिकृत श्याम सुन्दर साहको विशेष आतिथ्यमा भएको नगरसभामा ९ वटै वडाका वडाध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्यसहित विभिन्न दलका प्रतिनीधि, कर्मचारीहरुको सहभागीता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…