जिल्लामै सबभन्दा पहिले धनुषाधाम नगरपालिकाले भ्याए नगरसभा, ल्याए ५५ करोड बढीको बजेट
निमित्त प्रमुख प्रशासकीय अधिकृत सँजीत दासको विशेष उपस्थितिमा सम्पनन १४ औँ नगरसभाबाट कर्मचारी हकहितको लागि समेत स्थानीय सरकारको समन्वयमा थप नीति नियमहरु लागू गरिने बताईएको छ ।

२०८१ असार ७ शुक्रबार, बेलुकी ५:०८ बजे२ मिनेट पढाइ

शंकर प्रसाद यादव, जनकपुरधाम । धनुषा जिल्लामै सबभन्दा पहिले धनुषाधाम नगरपालिकाले बजेट ल्याउन सफल भएको हो । आर्थिक बर्ष २०८१÷०८२ को लागि त्यहाँका जनप्रतिनीधिहरु र कर्मचारीहरुको कुशल कार्य सम्पादनलाई झल्काएको छ ।
प्रत्येक बर्ष समयमै सभा गरी बजेट ल्याएर नजीर कायम गरेको धनुषाधाम नगरपालिकाले यसपाली समय अगाडी नै बजेट ल्याउन सफल भएको हो । अन्य स्थानीय तहहरु असार १० गते बजेट ल्याउने तरखरमै रहेको बेला धनुषाधाम नगरपालिकाले ५५ करोड बढी बजेट ल्याएको हो ।
शुक्रबार धनुषाधाम नगरपालिकाका नगर प्रमुख बालेश्वर मण्डलले आर्थिक बर्ष २०८१÷०८२ को लागि ५५ करोड ५८ लाख ९४ हजार रुपैयाँको बजेट ल्याएको हो । नगरपालिकाका जनप्रतिनीधिहरुको सँयुक्त प्रयासले असार ७ गते नै बजेट ल्याउन सफल भएको हो ।
“सम्मुनत, समृद्ध, सभ्य धनुषाधाम” निर्माणको मूल नारालाई आत्मसात गर्दै धनुषाधामको कृषि उर्वर भूमिलाई सदुपयोग गर्न कृषिमुखी बजेट ल्याइएको नगर प्रमुख (मेयर) बालेश्वर मण्डलले जानकारी दिए । उनले गरिबीको रेखामुनी रहेका नागरिकलाई माथि उकास्नको लागि विभिन्न योजना तहत कार्य हुने बताए ।
उनले महिला अधिकार र महिलाहरुलाई उद्यमी बनाउने मूल लक्ष्यसहित आयआर्जनका नीतिलाई प्राथमिकताका साथ अवलम्बन गर्ने गरी नीति कार्यक्रम ल्याएको बताए । धनुषाधाम नगरपालिकाको नागरिकको लागि आर्थिक समृद्धि मूलमन्त्रलाई आत्मसात गरिने बताए ।
भौतिक पूर्वाधार क्षेत्रमा तीव्र विकास निर्माण गरेको बताउँदै यसपालीको बजेटलाई किसानमुखी बनाइएको बताए । कृषि क्षेत्रलाई लक्षित गरी नीति योजना सँचालन हुने सके धनुषाधाम समृद्ध हुने विश्वास उनले लिए ।
दोस्रो कार्यकाल हाँकिरहेका नगर प्रमुख मण्डलले सम्पूर्ण वडाध्यक्ष, वडासदस्य, कार्यपालिका सदस्य, कर्मचारीहरुको सहयोगले जनमुखी बजेट ल्याएकोप्रति कृतज्ञा प्रकट गरे ।
१४ औँ नगरसभामा नीति कार्यक्रम प्रस्तुत गर्दै उपप्रमुख विद्या देवी भूजेलले महिला हकहिक, महिला संरक्षण, महिला उद्यमी र महिला सरोकारको विषयलाई नीति तथा बजेटमा समावेश गरिएको बताईन् । उनले न्यायिक समितिमा प्रखर पहुँच बनाउनको लागि नयाँ अभियानहरु समेत सँचालन गरिने बतार्र्ईन् ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत सँजीत दासको विशेष उपस्थितिमा सम्पनन १४ औँ नगरसभाबाट कर्मचारी हकहितको लागि समेत स्थानीय सरकारको समन्वयमा थप नीति नियमहरु लागू गरिने बताईएको छ ।
सभामा सबै वडाका वडाध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्य, सम्पूर्ण कर्मचारीहरु, स्थानीय बुद्धिजीवीहरु, राजनीतिक दलका प्रतिनीधिहरुको समेत उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…