भारतकी चर्चित गायिका अल्का याज्ञनिकको सुन्ने क्षमता गुम्यो
उनले आफूलाई दर्शक तथा स्रोताहरुको माया र साथले रोगविरुद्ध लड्न र फेरि निको हुने आशा पनि व्यक्त गरेकी छन् ।त्यस्तै, उनले फ्यानहरुलाई ठूलो स्वरमा गीत संगीत नसुन्न पनि सजग गराएकी छन् ।करिब २१ हजार गीत रेकर्ड गराएकी अल्काले भारतमा दुई राष्ट्रिय सम्मान पाएकी छन् ।

२०८१ असार ४ मंगलबार, राति ९:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । भारतीय चर्चित पार्श्व गायिका अल्का याग्निकलाई दुर्लभ किसिमको न्यूरो संक्रमण भएको छ । जसका कारण उनको सुन्ने क्षमता गुमेको उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत जानकारी दिएकी छन् ।
उनले आफू लामो समयदेखि निष्क्रिय रहनुको कारण पनि यही रहेको बताएकी छन् । उनले आफूले आफ्ना फ्यान, शुभचिन्तकलाई जानकारी दिन भनेर पोस्ट गरेको उल्लेख गरेकी छन् ।
उनले आफूलाई दर्शक तथा स्रोताहरुको माया र साथले रोगविरुद्ध लड्न र फेरि निको हुने आशा पनि व्यक्त गरेकी छन् ।त्यस्तै, उनले फ्यानहरुलाई ठूलो स्वरमा गीत संगीत नसुन्न पनि सजग गराएकी छन् ।करिब २१ हजार गीत रेकर्ड गराएकी अल्काले भारतमा दुई राष्ट्रिय सम्मान पाएकी छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…