
न्यूज ब्यूरो, जनकपुरधाम । भारतीय चर्चित पार्श्व गायिका अल्का याग्निकलाई दुर्लभ किसिमको न्यूरो संक्रमण भएको छ । जसका कारण उनको सुन्ने क्षमता गुमेको उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत जानकारी दिएकी छन् ।
उनले आफू लामो समयदेखि निष्क्रिय रहनुको कारण पनि यही रहेको बताएकी छन् । उनले आफूले आफ्ना फ्यान, शुभचिन्तकलाई जानकारी दिन भनेर पोस्ट गरेको उल्लेख गरेकी छन् ।
उनले आफूलाई दर्शक तथा स्रोताहरुको माया र साथले रोगविरुद्ध लड्न र फेरि निको हुने आशा पनि व्यक्त गरेकी छन् ।त्यस्तै, उनले फ्यानहरुलाई ठूलो स्वरमा गीत संगीत नसुन्न पनि सजग गराएकी छन् ।करिब २१ हजार गीत रेकर्ड गराएकी अल्काले भारतमा दुई राष्ट्रिय सम्मान पाएकी छन् ।
विदेह बचत तथा ऋण सहकारी सँस्थाका अध्यक्ष मण्डल पक्राउ, २ करोड ठगेको आरोप
- २०८१ असार ५ मंगलबार
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाको तिनकोरियास्थित रहेको विदेह बचत तथा ऋण सहकारी सँस्थाका अध्यक्ष सँजीत मण्डललाई प्रहरीले पक्राउ गरेको छ । आईतबार जिल्ला प्रहरी कार्यालय धनुषाले बचतकर्ताको रकम हिनामिना
पूरा पढ्नुहोस्