प्रदर्शनको क्रममा नेता "नविन यादव" सहित दर्जनबढी प्रदर्शनकारी पक्राउ , जनकपुर तनावग्रस्त !
न्यूज ब्यूरो | जनकपुरधाम, ३० जेठ । जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राम परीक्षण यादव उपर भएको मसी प्रकरणमा जनकपुरमा आन्दोलन उग्र रुप लिएको छ । मेसु यादव उपर मसी छर्केका युवाहरुलाई पक्राउ गरेपछि जनकपुर तातिएको हो । पक्राउ परिएका नेपाली काँग्रेसका भातृ सँगठन तरुण दलका जिल्ला उपाध्यक्ष

२०७५ जेठ ३० बुधबार, दिउँसो १२:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, ३० जेठ । जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राम परीक्षण यादव उपर भएको मसी प्रकरणमा जनकपुरमा आन्दोलन उग्र रुप लिएको छ ।
मेसु यादव उपर मसी छर्केका युवाहरुलाई पक्राउ गरेपछि जनकपुर तातिएको हो । पक्राउ परिएका नेपाली काँग्रेसका भातृ सँगठन तरुण दलका जिल्ला उपाध्यक्ष राकेश विक्रम साह सहित अन्यलाई पनि रिहाईको माग गर्दै जनकपुरमा आन्दोलन चर्किएको हो ।

आन्दोलन चर्किएपछि पक्राउ गरिएका युवाहरुलाई शिघ्र रिहाईको माग गर्दै प्रदर्शनमा उत्रेका मधेस क्रान्ति फोरमका धनुषा जिल्ला सँयोजक नविन यादव सहित दर्जनौ युवाहरुलाई प्रहरीले जनकपुरको विभिन्न ठाउँबाट पक्राउ गरेका हुन् ।
पक्राउ पर्नेमा, मधेस क्रान्ती फोरममा जिल्ला सँयोजक नविन यादव, राजपा निकट प्रशान्त झा, ध्रवेन्द्र साह, प्रदिप मिश्र , अजय गुप्ता , अजित शर्मा मधेस क्रान्ती फोरमका पँकज साह सहित नेपाली काँग्रेसका पँकज महतो, नेपाली काँग्रेसका विद्यार्थी भातृ सँगठन नेविसँघ धनुषाका अध्यक्ष सुजित झा तथा छोटु साह, भरत साह, अमित गुप्ता लगायतका युवाहरु रहेका छन् ।
युवा नेता यादवलाई जनकपुरको भानुचोकबाट पक्राउ गरिएको बुझिएको छ । निःशर्त रिहाईको माग गर्दै युवाहरुले विभिन्न ठाउँमा टायर बालेर प्रर्दशन गरेका छन् भने प्रदर्शनकै क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ ।
युवाहरुलाई पक्राउ गरिएपछि आन्दोलन झन चर्किएको हो ।
गत २७ गते जेठमा चिकित्सको लापरवाहीले जनकपुर अञ्चल अस्पतालमा एक सुत्केरीको मृत्यूभएपछि अस्पतालको प्रणाली सुधारको लागि ज्ञापन पत्र बुझाउ जाँदा मेसु यादव उपर कालोमसी छेर्केपछि प्रहरीले केही युवाहरुलाई पक्राउ गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…