मेसिन ह्याँग भएर पेट्रोल बेंशी गएको देखायो, कम दिएका छैनौँः बाबा पेट्रोलियम

२०८१ असार १ शुक्रबार
बेलुकी ५:५५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामस्थित रहेको बाबा पेट्रोलियमले पेट्रोल तान्ने मेसिन ह्याँग भएर गडबड डिजिट मात्र देखाएको बताएका छन् । 

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० देवपुरा रुपैठास्थित रहेको बाबा पेट्रोलियममा तोकिएको रकमभन्दा कमै रकममा अधिक पेट्रोल देखाएको बताइएको छ । 

बाबा पेट्रोलियममा सँचालक विवेक कुमार साहले विभिन्न सँचारमाध्मयमा आएको समाचारप्रति खण्डन गर्दै सिस्टम ह्याँगले मात्र त्यस्तो देखाएको दाबी गरेका छन् । उनले कुनै उपभोक्तालाई कम पेट्रोल नदिएको दाबी गरेका छन् । 

विहिबार एक उपभोक्ताले कमै रुपैयाँ अधिक पेट्रोल देखाएको र रकम बमोजिम पेट्रोल नपाएको भन्दै समाजिक सँजालसहित विभिन्न मिडियामा समाचार आएको थियो । कम पेट्रोल दिने गरेको आरोप लगाएपछि सँचालक साहले आरोप निराधार रहेको बताए । 

उनले सिस्टम ह्याँग भएर मात्र अधिक देखाएको र हामीले थोरै रुपैयाँमा अधिक पेट्रोल दिएपछि राम्रै हो भनेर खण्डन गरे । उनले मेसिनमा जे देखाएपनि पेट्रोल सही सही गएको बताए । 

  • 10%
  • 86%
  • 1%
  • 1%
  • 1%
  • 1%

भारतमे फंसे नेपालियोंको नेपाल लानेका फैसला

  • २०८१ असार १ शुक्रबार
  • न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाल –भारत सीमा सील होनेके बाद प्रशासन ने भारत में फंसे धनुषा जिल्लेकी लोगों को लानेका फैसला किया है।   जिला प्रशासन कार्यालय, धनुषा में आयोजित जिल्लाआपदा प्रबंधन

पूरा पढ्नुहोस्

Bureau Menus