जनकपुरमा प्रहरी र युवाबीच घम्साघम्सी, दर्जन बढी पक्राउ !
न्यूज ब्यूरो | जनकपुरधाम, ३० जेठ । जनकपुरमा प्रहरी र युवाबीच समान्य झडप भएको छ । झडपको क्रममा जिल्ला प्रहरी कार्यालय धनुषाले केही युवाहरुलाई नियन्त्रणमा लिएको जनाइएको छ । जनकपुर अञ्चल अस्पताल मेसु काण्ड उग्र हुँदै गएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामपरीक्षण यादव उपर मसी छकेको विषयलाई लिए

२०७५ जेठ ३० बुधबार, बिहान ११:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, ३० जेठ । जनकपुरमा प्रहरी र युवाबीच समान्य झडप भएको छ ।
झडपको क्रममा जिल्ला प्रहरी कार्यालय धनुषाले केही युवाहरुलाई नियन्त्रणमा लिएको जनाइएको छ ।
जनकपुर अञ्चल अस्पताल मेसु काण्ड उग्र हुँदै गएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामपरीक्षण यादव उपर मसी छकेको विषयलाई लिएर नेपाली काँग्रेसका भातृ सँगठन तरुण दल धनुषाका उपाध्यक्ष राकेश विक्रम साह सहित अन्य ५ जनालाई पक्राउ गरेपछि माहौल तातिएको हो ।
पक्राउ परेका राकेश विक्रम साह सहित अन्य ५ जनालाई रिहाईको माग गर्दै युवाहरुले विहानैदेखि जनकपुरको जनकचोकमा प्रहरी प्रशासन विरुद्ध नारावाजी गरेका छन् ।
नारावाजी र विरोध स्वरुप प्रर्दशन गर्दै गर्दा प्रहरीले हस्तक्षेप गर्न खोजेपछि समान्य झडप भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
झडपको क्रममा प्रहरी नियन्त्रणमा लिएका युवाहरुको नाम भने खुलाइएको छैन भने यस घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…