मेसुको मसी प्रकरणमा तरुण दलका उपाध्यक्ष "राकेश विक्रम साह" पनि पक्राउ
न्यूज ब्यूरो | जनकपुरधाम, २९ जेठ । जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मेसु उपर मसी छर्केको भन्दै तरुण दलका युवा नेता राकेश विक्रम सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत २७ गते जेठ दिउँसो करिब २ः३० बजेको समयमा अञ्चल अस्पताको लापरवाही बारे ज्ञापन पत्र बुझाउन जाँदा मेसु डा. राम परीक्षण या

२०७५ जेठ २९ मंगलबार, बेलुकी ५:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, २९ जेठ । जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मेसु उपर मसी छर्केको भन्दै तरुण दलका युवा नेता राकेश विक्रम सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गत २७ गते जेठ दिउँसो करिब २ः३० बजेको समयमा अञ्चल अस्पताको लापरवाही बारे ज्ञापन पत्र बुझाउन जाँदा मेसु डा. राम परीक्षण यादवले आफ्ना बाउन्सर बोलाउँदै युवाहरुलाई धम्काएपछि आक्रोसमा आएका युवाहरुले मसी छर्केका थिए ।
मेसु उपर मसी छर्केको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषाले त्यही आरोपमा २७ गते नै अखिल मढिकर्मी, रमेश कुमार यादव, अमित पाठक, डा. बिपिन साह र बिजय महता लगायतका युवाहरुलाई पक्राउ गरेको हो ।
यता, तरुण दल धनुषाका उपाध्यक्ष राकेश विक्रम साहलाई समेत धनुषा प्रहरीले मँगलबार पक्राउ गरेको छ । 
दिउँसो करिब ४ बजे साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । मसी छर्कने कार्यमा तरुण दलका कार्यकर्ताहरुको समेत सहभागीता रहेको भन्दै उनलाई पक्राउ गरिएको हो ।
यता, युवा नेता राकेश विक्रम साह सहित अन्य ५ जनालाई रिहाईको माग गर्दै विभिन्न विद्यार्थी सँगठन र अन्य युवा सँघसँस्थाहरुले जोडदार माग गरेका छन् ।
जनकपुर अञ्चल अस्पतालमा पटक पटक चिकित्सकको चरम लापरवाहीले गर्दा सर्वसाधारणको ज्यान जाने गरेको छ ।
युवाहरुले त्यसको विरोध गर्दै प्रणाली सुधार गर्न ज्ञापन पत्र बुझाउन गएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…