मधेसी चिकित्सक संघ गठन, सँयोजकमा डा. एकानन्द सिँह
न्यूज ब्यूरो | जनकपुरधाम, २९ जेठ । देशैभर कार्यरत मधेशी चिकित्सकहरुले एकताको सन्देश दिदै मधेशी चिकित्सक संघको गठन गरेका छन। “संघीयताकि परिवेशमा स्वास्थ्यको दृस्टिकोणले मधेशको अवस्था” भन्ने शीर्षकमा छलफल कार्यक्रमको दौरान उक्त संघको गठन गरिएको हो । बरिष्ठ आँखा रोग विशेषज्ञ प्रा.डा. डिएन साहको अध्यक्ष

२०७५ जेठ २९ मंगलबार, बिहान १०:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, २९ जेठ । देशैभर कार्यरत मधेशी चिकित्सकहरुले एकताको सन्देश दिदै मधेशी चिकित्सक संघको गठन गरेका छन।
“संघीयताकि परिवेशमा स्वास्थ्यको दृस्टिकोणले मधेशको अवस्था” भन्ने शीर्षकमा छलफल कार्यक्रमको दौरान उक्त संघको गठन गरिएको हो ।
बरिष्ठ आँखा रोग विशेषज्ञ प्रा.डा. डिएन साहको अध्यक्षता एवम् उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको प्रमुख आतिथ्यमा गत जेठ २७ गते सम्पन्न उक्त सभाबाट संघ सँचालको लागि कार्य समिति समेत गठन गरिएको हो ।
उक्त समितिको सँयोजकमा डा. एकानन्द सिँहलाई चयन गरिएको जनाइएको छ ।
वि.स. २०६३ सालतिर नै गठन गरिएको यस सँस्थाको गत २ महिनादेखि सक्रियता बढाउँदै पुनः नयाँ कार्य समिति गठन गरेर जीवन्तता प्रदान गरिने संघका प्रवक्ता डा. विनय पँजियारले जानकारी दिए ।
राज्यको बिभेदकारी नितिले गर्दा मधेशी चिकित्सकहरु पीडितरहेका यो संघको ठम्याइ छ। यो संघ चिकित्सक्को भलार्इको लागि हुने हरेक संघर्षमा सरिक हुने पनि उद्घोश गरेको छ। संघको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
देशभरको जुनसुकै ठाउमा पनि मधेशी चिकित्सकमाथी जुनसुकै खालको घटना घटेमा यो संघ सो समस्या समाधानको निम्ति तु सकृय दाबी विज्ञप्तिमा गरिएको छ ।
सो कार्यकरमबाटै मधेशी चिकित्सक संघले ५१ सदस्य समिती बनाउने र ६ महिना भित्र महाधिबेशन गरि स्थायी नेतृत्व चयन गर्ने समेत उद्घोश गरेका छन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…