सिरहामा सार्वजनिक खोलामाथि हनुमान एग्रो फूड प्रोडक्ट कम्पनीले गरे कब्जा
डिभिजन वन कार्यालय सिरहा लहानका का मातहत रहेको वातावरण सम्बन्धि हेर्ने जिम्मेवारी पाएका मनोज कर्ण सङ्ग बुझन खोज्दा आफु यस उद्योगका विषयमा जानकार नरहेको कारण यस विषय बारे अनुसन्धान गरि थप जानकारी गराउने बताए । वातावरण ऐनलाई पालना नगर्ने जुन सुकै उद्योगलाई कानुनी दायरामा ल्याउने समेत उनले बताए ।

२०८१ जेठ १८ शुक्रबार, बेलुकी ६:२२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको सुखिपुरमा पर्ने एक उद्योगले सार्वजनिक खोलालाई अतिक्रमण गरि निजीकरण बनाएको छ।
सिरहाको सुखिपुरमा रहेको श्री हनुमान एग्रो फुड प्रोडक्टस प्रा. लि. ले खोला अतिक्रमण गरि निजीकरण बनाएकोछ। सुखिपुरमा पर्ने एक खोलालाई अतिक्रमण गरि निजीकरण बनाउदा स्थानीय बासी त्रसित बनेकोछ।
उद्योगको नाममा वातावरण सङ्ग खेलवाड गर्ने श्री हनुमान एग्रो फुड प्रोडक्टस प्रा।लि को धन्धा बनी सकेको छ। खोला लाई निजीकरण बनाउदा स्थानीयलाई विभिन्न समस्या खेपनु पर्ने अवस्था उतपन भएको हो।
उद्योगले विभिन्न प्रकारका हानिकारक केमिकल र विकार बस्तु खोलामा बगाए पछि वातावरण प्रदुषण हुदा स्थानीय बासी तथा पशु हरुमा विभिन्न प्रकारका रोगहरु देखा पर्न थालेको एक स्थानीय बासी बिन्दा यादव वताउछन।
उद्योगले वातावरण सम्बन्धि कुनै पनि नियम कानुन पाल्ना नगरिएको देखिन्छ । यश उद्योगमा चामल र भुजा उत्पादन हुने गरेकोछ भने उत्पादन बाट निसकेका बिकार बस्तु खरानी खोलको बिच मुहानमा थुपारदा पानीको निकास समेत बन्द रहेकोछ। खोलाको पानी दुसित हुदा कृषी बाट हुने सिचाइका माध्यम समेत प्रभावित बनेकोछ।
उक्त खोलाबाट आश्रित सधैं स–साना जिवहरुलाई (पर्यावरणीय) समस्यामा पार्नुको साथै अधिकांश स्थानिय किसानहरूलाई खेतिपातीमा बाधा पुरयाइरहेको देखिएको छ । यहाँसम्म कि त्यो उधोग हुनु भन्दा पहिले यस खोलाको वरिपरीका बासिन्दाहरू नुहाउनु, कपडा धुनु, भडाकुडा मसकाउनु, घोंघ्हि र माछा मार्नु जस्ता कार्यहरू गरिन्थ्यो त्यो सबै अहिले उद्योगले खोलालाई अतिक्रमण गरि निजीकरण बनाउँदा बन्द भएकोछ।
अतिक्रमण भएका खोलाबाट हजारौं बिगहा जमिनमा सिचाइ हुने गरेको थियो । यसबाट स्थानीय किसानहरु लाभ लिने गरेको थियो। उद्योगले वातावरणमा समेत असर पर्दा सम्बन्धि निकाय मौन रहेको छन। उद्योगका मालिक अशोक गुप्ता लाई यश विषयमा बुझन खोजदा आफू सङ्ग समय न रहेको र आफू बाहिर रगेको भन्दै पन्छिन खोजेका छन।
डिभिजन वन कार्यालय सिरहा लहानकाका मातहत रहेको वातावरण सम्बन्धि हेर्ने जिम्मेवारी पाएका मनोज कर्ण सङ्ग बुझन खोज्दा आफु यस उद्योगका विषयमा जानकार नरहेको कारण यस विषय बारे अनुसन्धान गरि थप जानकारी गराउने बताए । वातावरण ऐनलाई पालना नगर्ने जुन सुकै उद्योगलाई कानुनी दायरामा ल्याउने समेत उनले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…