रौतहटमा बिपद ब्यबस्थापन सम्बन्धि अन्तरक्रिया ,१३ पालिकाले गरे सम्झौता
कार्यक्रममा संबंधित नगरपालिका र गाउँपालिकाको नगर प्रमुख ,प्रशासकिय अधिकृत , रौतहटका जनपद ,शस्त्र र अनुसन्धान बिभागका प्रहरी प्रमुख लगायत सयकडौ प्रबुद्ध बर्गको सहभागिता रहेको थियो।

२०८१ जेठ १७ बिहीबार, राति ८:२३ बजे२ मिनेट पढाइ
सँजय सहनी, रौतहट । रौतहटमा विपद् व्यवस्थापन सम्बन्धी अन्तरक्रीया कार्यशाला सम्पन्न भएको छ।
बिहिवार गौरको जिमार्ट् होटेलमा समुदायमा आधारित बाढी पुर्व सुचना प्रणाली दिगोपनको लागि सरोकारवालाहरु बिच सम्झौता तथा मनसुनजन्य विपद व्यवस्थापन सम्बन्धी अन्तरक्रीया कार्यशाला कार्यक्रम समपन्न भएको हो।
माण्डवीद्धारा आयोजित तथा ईसिमोडको आर्थिक तथा प्राविधिक सहयोगमा रौतहट जिल्लामा एच।आई ग्रीड – परियोजना अन्तर्गत आयोजित अन्तरकृया कार्यक्रमबिच बिपद ब्यबस्थापन सम्बन्धि गम्भिर छलफल र सम्झौता पश्चात कार्यक्रम समपन्न भएको आयोजक संस्थाकी अध्यक्ष अन्जु झाले जानकारी दिएकी छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जिल्ला समन्वय समितिका सभापती रामअयोध्या यादवले बिपद ब्यस्थापनको लागि माण्डबीले देखाएको तत्परता र हार्दिकताको लागि आयोजक माण्डबीलाई धन्यबाद ज्ञापन गर्दै बिपद ब्यस्थापको लागि आफुबाट हुने सक्दो सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभएका छन् ।

रौतहटको प्रमुख जिल्ला अधिकारी हिराला रेग्मीको अध्यक्षतामा आयोजित कार्यक्रमलाई समापन गर्दै प्रमुख जिल्ला अधिकारी रेग्मीले एच ।आई ग्रीड परियोजनाको महत्व बारे जानकारी गराउदै भविष्यमा यसको दिगोपनाका लागि हामी सबै सरोकारवालाहरु एकजुट भई एकबद्ध रुपमा लाग्नु पर्ने बताएका छन् ।
जिल्ला बिपद ब्यस्थापन समितिको अध्यक्ष समेत रहनु भएका प्रमुख जिल्ला अधिकारी रेग्मीले सम्पुर्ण स्थानीय तहको प्रमुख र सरोकारवालालाई आ (आफ्नो ठाउँमा बैठक बसि बिपद ब्यस्थापनका लागि के गर्न सकिन्छ ,के आवश्यक छ ।बर्सायाम र बाढिको समयमा हुने क्षति देखि पुर्वाधार निर्माणका लागि गम्भीर बिचार बिमर्श गर्न सुझाव दिएका छन् ।



















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…